काठमाडौं । पोर्चुगल फुटबलको पावरहाउस थिएन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । तर, २० औं शताब्दीमा आयोजना गरिएका १६ विश्वकप मध्ये पोर्चुगल मात्र दुई पटक छनोट भएको थियो ।
९० को दशकमा सनौलो पुस्ताको आगमनसँगै पोर्चुगलको फुटबलले एक आशाजनक मोड लियो । त्यही समयदेखि टोलीले नियमित आधारमा सुधार जारी राख्यो । अन्ततः पोर्चुगलले २०१६ मा युरोकपको उपाधि जितेर आफ्नो फुटबल इतिहासकै ठुलो उपाधि घर ल्याएको थियो ।
पोर्चुगल फुटबल फेडेरेसनको स्थापना १९१४ मा भएको थियो । फेडेरेसनको आधिकारिक नाम यूनियो पोर्चुगा डे फुटेबोल थियो । तिनीहरूको मुख्य लक्ष्य राष्ट्रिय प्रतियोगितालाई प्रचार गर्नु थियो । दुर्भाग्यवश, पहिलो विश्वयुद्धका कारण तिनीहरुले आफ्ना योजनाहरूलाई कार्यान्वयन गर्न सात वर्ष रोक्नु पर्यो ।
पोर्चुगलले १९२१ मा स्पेनसँग आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्यो । उक्त खेलमा स्पेनसँग ३–१ ले पराजित भयो । अर्को वर्ष क्याम्पियोनाटो डे पुर्तगालको स्थापना भयो । जसले संघका योजनाहरुलाई सहि दिशामा अघि बढायो ।
पोर्चुगलको पहिलो प्रतियोगिता १९२८ को ओलम्पिक थियो । जहाँ इजिप्टले २–१ गोलले पराजित गरेपछि क्वाटरफाइनलबाट बाहिरिएका थिए । उत्कृष्ट प्रदर्शनका बावजुद पनि पोर्चुगलले जित आफ्नो पक्षमा पार्न सकेको थिएन् । १९३० को विश्वकप गुमाएपछि पोर्चुगल १९३४ को विश्वकप छनोटमा स्पेनसँग ९–० ले लज्जास्पद हारसँगै बाहिरिएको थियो ।
सन् १९३८ को विश्वकप छनोटमा पोर्चुगलले स्विजरल्याण्डको सामना गर्यो । तर, स्विजरल्याण्डसँग २–१ ले पराजित हुन पुग्यो । त्यसपपछि दोस्रो विश्वयुद्धका कारण उनीहरूले आफ्नो अर्को मौकाको लागि १२ वर्ष प्रतिक्षा गर्नु पर्यो ।
असफलताका दिन
पोर्चुगलले १९५० को दशकसम्म विना सफलता विश्वकप छनोटमा सहभागिता जनाउने कार्य जारी राख्यो । १९५० को छनोटमा उनीहरुले आफ्नो पुरानो प्रतिद्वन्द्वी स्पेनविरूद्ध प्रतिस्पर्धा गरेका थिए । मड्रिडमा भएको उक्त खेलमा ५–१ ले पराजित भयो । तिनीहरूले अझ चार वर्षपछि अस्ट्रियासँग ९–१ को अपमानजक हार भोगे । १९५८ को छनोटरमा पोर्चुगलले पहिलो जित निकाल्यो । पोर्चुगलले इटालीलाई ३–० ले पराजित गरेको थियो । तर उत्तरी आयरल्याण्डसँगको पराजयबाट उनीहरूको विश्वकप आशा सकिएको थियो ।
सन् १९६० देखि पोर्चुगल युरोपेली च्याम्पियनशिप छनोटमा प्रतिस्पर्धा गर्न सक्षम भयो । फाइनल प्रतियोगिताका लागि छनोट खेलको दुई प्रयास असफल भयो । किनकि पोर्चुगल १९६० मा युगोस्लाभिया र १९६४ मा बुल्गारियासँग पराजित भएको थियो । यसबीच १९६२ को विश्वकप छनोटमा पोर्चुगल इङ्ल्यान्डपछि आफ्नो समूहमा दोस्रो रहदै फाइनल प्रतियोगिताका लागि छनोट हुन सकेन् । छनोटमा लक्जमबर्गमाथि ६–० को जित र इङ्ल्यान्डसँग १–१ ले बराबरी खेले पनि पोर्चुगलले बाँकी दुई अवे खेल गुमाएका थिए ।
![1966 Portugal | Equipo de fútbol, Mundial de futbol, Futbol español](https://i.pinimg.com/originals/8d/f1/eb/8df1eb2a69d88988d7384311358870c2.jpg)
ओएस म्याग्रियोस
पोर्चुगलका धेरै जसो पराजयहरू निराशाजनक थिए । ब्राजिलका प्रशिक्षक ओट्टो ग्लोरियाको नेतृत्वमा पोर्चुगल १९६६ को विश्वकपका लागि छनोट भयो । त्यतिबेला पोर्चुगललाई बोलिचालिमा एक प्रशिद्ध कविता ओस म्याग्रियोस भनेर चिनिन्थ्यो ।
ओस म्याग्रियोसका कप्तान २४ वर्षे युसेबियो थिए । युसिबियो आफ्नो युगका सबैभन्दा प्रख्यात व्यक्ति थिए । सायद पेलेको दोस्रो स्थानमा । उनले प्रतियोगितामा पनि आफ्नो क्षमता प्रमाणित गरे र पोर्चुगललाई समूह चरणमा तीन जितसहित अग्रसर गरे । समूहको अन्तिम खेलमा ब्राजितविरुद्ध युसुबियोले दुई गोल गरेका थिए ।
क्वाट फाइनलमा युसेबियोको उत्कृष्ट प्रदर्शनका साथ पोर्चुगलले उत्तर कोरियालाई ५–३ ले पराजित गर्यो । जहाँ युसेबियोले ह्याट्रिक सहित चार गोल गरेका थिए । त्यसपछि सेमिफाइनलमा इङ्ल्यान्डसँग भेट गर्यो । तर, इङ्ल्यान्डसँग २–१ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा सोभित युनियनलाई पराजित गर्दै पहिलो विश्वकपमा नै पोर्चुगल तेस्रो बन्यो । जहाँ युसेबियोले ९ गोल गर्दै प्रतियोगिताका शीर्ष गोलकर्ता बने ।
पुरानै अवस्थाको पोर्चुगल
आफ्नो सर्वश्रेष्ठ विश्वकप समाप्त भएपछि, पोर्चुगल फेरि छनोटकालागि संघर्ष गर्नमै सिमित रह्यो । अचम्मको कुरा, १९६८ र १९८२ को बीचमा आयोजित विश्वकप र युरोपियन च्याम्पियनशिपका लागि छनोट गर्न सकेनन् ।
यस अवधिमा पोर्चुगलको एक्लो उज्ज्वल स्थान १९७२ मा ब्राजिलियन स्वतन्त्रता कप थियो । यो प्रतियोगिता ब्राजिलले पोर्चुगलबाट पाएको स्वतन्त्रताको १५० औं जन्मदिनको सम्मानमा आयोजना गरिएको थियो । जसमा विश्वका धेरै उत्कृष्ट राष्ट्रिय टोलीहरूलाई आमन्त्रित गरिएको थियो । पोर्चुगलले ब्राजिलविरूद्ध फाइनलका लागि छनोट हुँदा आफ्नो दुबै समूह चरणको खेल जितेको थियो । तर, ८९ औं मिनेटमा ब्राजिलले गोल गरेपछि पोर्चुगल उपविजेता बन्यो ।
आशाजनक उपस्थिति
पोर्चुगलले १९८४ मा सोभियत युनियनसाग नाटकीय १–० को जित पछि पहिलो पटक यूरोपीयन च्याम्पियनशिपमा स्थान बनायो । छनोटको समूहमा पहिलो स्थान प्राप्त गर्दै पोर्चुगल यूरोका लागि तयार रह्यो । उनीहरूको उत्कृष्ट लय प्रतियोगिता अवधिभर नै जारी रह्यो । सेमीफाइनल खेल फ्रान्ससँग अतिरिक्त समयमा पराजित हुन पुग्यो ।
२० वर्ष र चार असफल प्रयासहरू पछि पोर्चुगलले १९८६ को विश्वकपका लागि छनोट भयो । अपेक्षाहरू उच्च थिए । इङ्ल्यान्डविरुद्ध समूहको पहिलो खेलमा १–० को जितपछि पोर्चुगलले उनीहरूको बाँकी दुई खेलहरू गुमायो र प्रतियोगिताबाट बाहिरियो । त्यसपछि तिनीहरूको सहभागिता कैयौ विवादमा बने । जसमा डोपिङ र अनुपयुक्त व्यवहार सहित विवादहरूको शृखंला सुरु भएको थियो ।
सुनौलो पिढी
पोर्चुगली फ्यानहरूका लागि टोलीले खासै खुसी दिन सकेको थिएन । किनकि टोलीले लगातार चार प्रमुख प्रतियोगिताहरु गुमाएको थियो । ९० को दशकको मध्यसम्ममा, युवाहरूको एउटा समूहले यस अवस्थालाई आफ्नै हातमा लिन थाल्यो ।
भिटेर बाउ, रुई कोस्टा, जोओ पिन्टो र लुइस फिगोको नेतृत्वमा रहेको यस पुस्ताले दुई यू–२० विश्वकप जित्यो । ओलम्पिकमा राष्ट्रिय टोलीको उत्कृष्ट नतिजा चौथो स्थान हासिल गर्यो र तिनीहरू मध्ये धेरै जना पहिले नै क्लब फुटबलमा स्टारमा भईसकेका थिए ।
![Luis Figo: repaso a su trayectoria, estadísticas y palmarés](https://www.sportball.es/wp-content/uploads/2018/11/luis-figo-portugal.jpg)
तिनीहरूको सफलताको पहिलो स्वाद १९९६ मा आइपुगे । जब उनीहरू क्रोएसिया, डेनमार्क र टर्की भन्दा अगाडि आफ्नो यूरो समूहको शीर्ष स्थानमा रहे । उनीहरू चेक रिपब्लिकविरुद्ध क्वाटरफाइनलमा पराजित हुन पुगे ।
यूरो २००० मा, तिनीहरू सेमिफाइनलमा पुग्दै एक कदम अगाडी बढे । त्यसपछि उनीहरू जिनेदिन जिदानको विवादास्पद पेनाल्टी गोलबाट बाहिरिन पुगे ।
सुनौलो पिढीले प्रमुख प्रतियोगिताहरुमा आफ्नो छाप बनाइरहे । २००२ विश्वकपमा समूह चरणसम्मको प्रदर्शनपछि तिनीहरू यूरो २००४ मा फाइनलमा पुगेका थिए । जहाँ पोर्चुगल अन्डरडग्स ग्रीसबाट १–० ले पराजित हुन पुग्यो । २००६ को विश्वकपमा उनीहरूले सेमिफाइनल पुग्न प्रत्यक्ष जित रेकर्ड गरिरहेका थिए । तर, सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० ले पराजित भयो । तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग ३–१ ले पराजित हुन पुग्यो ।
रोनाल्डोको आगमन
![Cristiano Ronaldo gives gifts and sends heartwarming message to Portugal's under-17 women's team | Goal.com](https://images.daznservices.com/di/library/GOAL/fb/84/cristiano-ronaldo-portugal-nations-league_8jo90bafv6xw1igcbd7oyw17g.jpg?t=1110075851&quality=100)
यस बिन्दुमा, सुनौलो पुस्ताका सबै सदस्यहरू राष्ट्रिय टोलीबाट सन्यास लिइसकेका थिए । युवा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उदय हुँदै थियो । रोनाल्डो सन् २००६ को विश्वकप टोलीमा थिए र उनलाई पोर्चुगलको खेलाडी बन्न धेरै समय लागेन ।
रोनाल्डोको आगमनपछि पोर्चुगललाई प्रायः प्रतियोगितामा अन्डरडग्स टिम मानिन्थ्यो । युरो २००८ मा पोर्चुगल क्वाटरफाइनलमा जर्मनीसँगको हारबाट बाहिरिन पुगे । २०१० को विश्वकपमा पनि यस्तै मार्ग पछ्यायो । किनभने पोर्चुगल शीर्ष १६ मा स्पेनसँग पराजित भयो । चार वर्ष पछि तिनीहरू जर्मनी, अमेरिका र घानाको रहेको समूहबाट अगाडि बढ्न सकेनन् ।
यस अवधिमा पोर्चुगलको राम्रो प्रदर्शन युरो २०१२ मा देखियो । जर्मनीसँग १–० को हारपछि पोर्चुगलले डेनमार्क र नेदरल्याण्डलाई हराउन सफल भयो । चेक रिपब्लिकलाई पराजित गरिसकेपछि पोर्चुगलको भेट स्पेनसँग भयो । सेमिफाइनलमा खेल गोलरहितमा सकिएपछि पेनाल्टीमा स्पेनले ४–२ ले जित्यो ।
पहिलो ट्रफी
अघिल्लो प्रतियोगितासँग तुलना गर्दा पोर्चुगल यूरो २०१६ मा राम्रो देखिदैन थियो । समूहका सुरुवाती तीन खेल बराबरी खेलेपछि पोर्चुगल समूहको उत्कृष्ट तीनमा पर्दै नकआउटमा प्रवेश गरेको थियो ।
अन्तिम १६ मा अतिरिक्त समयमा क्रोएसियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनल पुग्यो । पोल्याण्डविरूद्धको क्वाटरफाइनलमा पोर्चुगलले खराब सुरुवात गर्यो । पोर्चुगल दोस्रो मिनेटमै पछाडी पर्यो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को स्थितीमा ल्याए । अन्ततः पेनाल्टीमा पोर्चुगलले ५–३ ले जित्यो ।
![Ronaldo celebrates like never before as Portugal lift Euro 2016 trophy](https://cdn.dnaindia.com/sites/default/files/styles/full/public/2016/07/11/480717-euro2016getty.png)
सेमीफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगलले प्रतियोगितामा सर्वश्रेष्ठ खेल पस्कियो । फ्रान्सकोविरूद्धको फाइनल खेल अर्को नाटकीय थियो । तर, पोर्चुगलले अतिरिक्त समयमा एडरको गोलमा विजयी भयो ।
यस ऐतिहासिक सफलता पछि पोर्चुगल २०१८ को विश्वकपको लागि छनोट भयो । स्पेनविरूद्ध उनीहरूको सुरुआत प्रतियोगितामा एक उत्कृष्ट खेल साबित भयो । रोनाल्डोले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो । उनीहरूको समूहबाट संघर्ष गर्दै नकाउटमा प्रवेश गरे पनि अन्तिम १६ मा उरुग्वेसँग २–१ ले पराजित हुँदै बाहिरियो ।
यतिबेला पोर्चुगत यूरो २०२० को तयारीमा छ । २०२० मा हुनु पर्ने यूरो कोरोना महामारीका कारण एक वर्षपछि सारेपछि यसै जुन ११ बाट सुरु हुँदैछ । पोर्चुगलले रोनाल्डोको कप्तानीमा आफ्नो टोलीको घोषणा समेत गरिसकेको छ ।
-एजेन्सीको सहयोगमा
यो पनि ......
उपाधि, युद्ध र पुनर्मिलन