एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत आज (बिहिबार) सेमिफाइनलको दोस्रो लेगको खेल हुँदैछ । फाइनल प्रवेशका लागि प्रिमियर लिग क्लब चेल्सी र जर्मनको इन्ट्रायच फ्रायान्कफर्ट तथा स्पेनिस क्लब भ्यालेन्सिया र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
दास्रो लेगको खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्डब्रिजमा फ्रायान्कफर्टलाई आतिथ्यता प्रदान गर्नेछ ।
खेलअघि चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले यस सिजनको युरोपा लिगको उपाधि जित्न क्लब लायक रहेको बताएका थिए ।
इन्ट्रायचको मैदानमा भएको पहिलो लेगको खेलमा चेल्सीले १–१ गोलको बराबरी खेलेको थियो । सो खेलमा पेड्रोले बराबरी गोल फर्काएका थिए । लण्डन क्लबका मिडफिल्डर एनगोलो कान्टे चेल्सीको टोलीमा समावेश हुने छैनन् ।
हालसम्म चेल्सी आफ्नो मैदानमा जर्मन क्लबसंग पराजित भएको छैन । उसले ७ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । मैदान उत्रदै गर्दा लण्डन क्लबको मनोबल उच्च हुनेछ ।
चेल्सी युरोपा लिगका १६ खेलको अपराजित रहदै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेनेछ ।
अर्को खेलमा भ्यालेन्सियाको घरेलु मैदानमा आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा प्राप्त ३–१ को नतिजाले समेत आर्सनलले अघिल्लो चरण पुग्ने आशा गरेको छ ।
पहिलो लेगमा दुई भन्दा बढी गोल गरेपछि आर्सनल सधै फाइनल प्रवेश गरेको रेकर्ड छ ।
भ्यालेन्सिया सन् २००४ पछि पहिलो पटक युरोपियन लिगको फाइनल प्रवेश गर्ने दाउमा रहेको छ ।