एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले युरोपा लिगको उपाधि जित्न आफुहरु लायक रहेको बताएका छन् ।
प्रतियोगिताको सेमिफाईनलको दोस्रो लेग खेल्नु अघि प्रशिक्षक सर्रीले यस सिजनको युरोपा लिगको उपाधिमा चेल्सीको दाबेदारीता प्रस्तुत गरेका हुन् ।
काराबाओ कपको फाइनलमा म्यानचेष्टर सिटीसंग पेनाल्टीमा पराजित भएको चेल्सी युरोपा लिगको फाईनलका नजिक छ । उसले इन्ट्रायच फ्रायान्कफर्टसंग बिहिबार राति दोस्रो लेगको खेल खेल्दैछ ।
जर्मनमा भएको पहिलो लेगको खेलमा चेल्सीले १–१ गोलको बराबरी खेलेको थियो । पेड्रोले सो खेलमा अवे गोल गरेका थिए ।
चेल्सी मुख्य मिडफिल्डर एनगोलो कान्टे बिना मैदान उत्रदैछ ।
गत आईतबार प्रिमियर लिगमा वाटफोर्डविरुद्व ३–० को जित निकाल्दै शीर्ष चारमा स्थान पक्का गरेर चेल्सीले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भएको थियो ।
'शीर्ष चारमा पर्ने क्लबको लक्ष्यलाई मैले हासिल गरेको छु ।' उनले भने, 'हामी युरोपा लिगको फाईनल प्रवेश गर्न चाहन्छौ । र उपाध जित्न चाहान्छ । किनकी हाममी यसको लायक छौ ।'
'यो सजिलो छैन । हामी निकै बलियो टिमसंग प्रतिस्पर्धा गर्न गईरहेको छौ । पहिलो लेगको खेल हामीेले हेरेका छौ । जब उनीहरु मौका पाउँछन्, उनीहरु आक्रमक र नाटकीय जित निकाल्न सक्छन् । यो निकै खतरनाक खेल हुनेछ ।' उनले थपे ।