काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली युवा टोलीले आज (शनिबार) पहिलो खेलमा म्यानमारसंग खेल्दैछ ।
नेपाल र म्यानमारबीचको खेल थाइल्याण्डको चियाङमाईमा बिहान ९:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल जितसहित सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने छैन ।
प्रतियोगिताको लागि थाइल्याण्ड जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाहीले तयारी छोटो भएपनि आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम रहेको बताएका थिए । साविकको विजेता नेपाललाई उपाधि रक्षाको चुनौती समेत रहेको छ ।
यू-१६ प्रतियोगितामा म्यानमारविरुद्ध नेपालको नतिजा उत्कृष्ट रहेको छ । गत संस्करणको समूह चरणको भेटमा नेपालले म्यानमारलाई ३३७ रनले हराएको थियो ।
नेपाल शनिबार पहिलो खेलमा म्यानमारविरुद्ध अघिल्लो संस्करणको जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यता, म्यानमार भने नेपालसंग बदला लिने योजनासहित मैदान उत्रने छ ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यो पनि पढ्नुस -
'उपाधि रक्षा गर्न सक्षम छौं'
एसीसी यू-१६ क्रिकेट टोलीको घोषणा
नेपालको पहिलो प्रतिद्वन्दी म्यानमार