विराटनगर । साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा नेपालविरुद्व भारतले अग्रता बनाएको छ । खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
सहिद रंगशालामा सुरुवातबाटै भारतविरुद्व दबाब बनाएपनि नेपालले गोल गर्न भने सकेन । मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलमा उतारेको टिमलाईनै फाईनल खेलमा समावेश गरेका छन् ।
सदा झै नेपालको फरवार्ड लाईन सावित्रा भण्डारी र कप्तान निरु थापाले समाल्नेछन् ।
मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन, रोनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत हुनेछन् ।
डिफेन्समा हिरा भुजेल, गिता राना, पुनम जर्घामगर र मनमाया लिम्बु यथावत छन् ।
गोलकिपरमा एन्जिला तुम्बाप्पो नियमिति छन् ।