काठमाडौं । भ्यालि पब्लिक स्कुलले प्रथम माउण्ट ओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको फाईनलमा आयोजक माउण्ट ओलिभलाई ३-१ को सेटमा पराजित गर्दै भ्यालि पब्लिक च्याम्पियन बनेको हो ।
ललितपुरको सानागाँउस्थित आयोजक माउण्ट ओलिभको कार्टमा भ्यालिले उपाधि जित्ने क्रममा माउण्ट ओलिभलाई २३–२५,२५–१८,२५–२० र २५–२० को सेटमा हरायो ।
यस्तै तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०,२५–१८ र २५–२० को सेटमा हरायो ।
उपाधिसंगै भ्यालि पब्लिकले १५ हजार प्राप्त गर्दा माउण्टले १० हजारमा चित्त बुझायो । तेश्रो भएको आयोजक बिले ५ हजार नगद प्राप्त गरे ।