काठमाडौं । आयोजक माउण्ट ओलिभ स्कुलले प्रथम माउण्ट ओलिभ बिद्यालय स्तरिय खुला छात्र भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।
शनिबार माउण्ट ओलिभ 'ए' ले ललित एकेडेमीलाई २५–१५, २५–१५ र २५–११ को सेटमा पराजित गर्यो । यस्तै आयोजक 'बि' ले अनन्त माविलाई २५–१८, २२–२५ र २५–७ र २५–१५ को सेटमा पराजित गर्यो ।
ललितपुरको सानागाउँ स्थित आयोजकको कोर्टमा भएको अन्य खेलमा सुभतारा र त्रिरत्न स्कुलले सफलता हात पारेका छन् । सुभताराले बिश्वमित्रलाई २५–१५, २५–१५ र २५–१६ को सोझो सेटमा हराउदा त्रिरत्नले पवन प्रकृतिलाई २५–४,२५–११ र २५–१३ को सेटमा स्तब्ध बनायो ।
बैशाख ३१ सम्म संचालन हुने नकाउट प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताका बिजेता टिमले १५ हजार,उपबिजेताले १० हजार,तेश्रो हुनेल ५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,बेष्ट स्पाईकर नगद सहित पुरस्कृत हुनेछन् ।