काठमाडौं । पवर्तमा जारी दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा होङ्गान्जी न्यु डायमन्ड र एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कुश्मा बजारमा मंगलबार भएको सेमिफाईनल खेलमा होङगान्जी न्युडायमण्डले आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुग्यो । नेपाल आर्मीले होङगान्जी न्युडायमण्डलाई दवाबमा राख्दै पहिलो र दोश्रो सेट २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारे पनि फाईनलको यात्राबाट चुक्यो ।
न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गदै तेश्रो देखि पाँचौ सेट २५–१८,२५–२२ र १७–१५ ले आफ्नो पक्षमा पार्दै फाईनलको यात्रा तय गर्यो । आर्मीले मंगलबार नै गण्डकी प्रदेशलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रवेश गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाईनलमा साबिक बिजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१८ को सहज जित निकाल्यो ।
रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेताले २ लाख,उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैया प्राप्त गर्ने आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईले गनकारी गराईन् ।