काठमाडौं । चौथों संस्करणको मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ ।
रामेछापको मन्थलीमा मंगलबार भएको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । एक नम्बरले कर्णालीलाई २५–१८,२५–२१,२५–२२ को सेटले पराजित गर्यो ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा जारी प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर,डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०/१० हजार नगद पाउने छन् ।
त्यसअघि प्रमुख अतिथी संघीय सांसद श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।