• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य
नमीन ढकाल
बिहीबार, साउन २४, २०७५ नमीन ढकाल
भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य

काठमाडौं । भलिबल, नेपालको राष्ट्रिय खेल ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले यसपटक एसियन गेम्समा पुरुष भलिबल टिमलाई सहभागी गराउने निर्णय गर्यो । सोही अनुसार राष्ट्रिय भलिबल टिम तयारीमा निरन्तर खटिएको छ ।

खेलाडी पनि राष्ट्रिय खेलको रुपमा स्थापित भलिबललाई केही दिन चाहन्छन् । सोही अनुसार तयारी अघि बढाएका छन् ।

नेपाल भलिबल संघको स्थापनापछि एसियन गेम्समा नेपालको यो पहिलो सहभागिता भने हैन । नेपालले यसअघि सन् १९८६ मा दक्षिण कोरियामा भएको १० औं एसियन गेममा सहभागिता जनाएको थियो ।

पहिलो सहभागितामै नेपालले एसियाली पावर हाउससंग नमिठो हार ब्यर्होयो । खराब नतिजा र खर्चिलो तयारीका लागि पुरुष भलिबल सरकारको बेवास्तामै पर्दै गयो । त्यसपछि भलिबलले एसियन गेम्सका नेपालको प्रतिनिधित्व गर्न पाएन ।

तर, त्यसको ३१ बर्षपछि नेपाली भलिबल एसियन गेम्समा पुन फर्कदै छ ।

नेपाल कठिन मानिएको समूह ‘डी’मा परेको छ । २० टिम सहभागी स्पर्धामा नेपालले समूह चरणमै दक्षिण कोरिया सहित चाइनिज ताइपेनसंग खेल्नेछ ।

पहिलो पटक १० औं एसियन गेम्समा नेपाल समूह बीमा थियो । समूह चरणको पाँचै खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो ।

पहिलो खेल चीनसँग १५–२, १५–१, १५–१ ले गुमाएको थियो । दोस्रो खेलमा कुवेतसंग १५–६, १५–२, १५–७ को सेटले पराजित नेपाल तेस्रो खेलमा थाईल्याण्डसंग १५–९, १५–२, १५–४ को हार ब्यहोरेको थियो ।

चौथो खेल पाकिस्तानसंग १५–४, १५–०, १५–३ ले गुमाएको नेपालले अन्तिममा जापानसंग १५–१, १५–१, १५–२ को सोझो सेटमा हारेको थियो ।

नेपाल भलिबल संघको २०६८ मा पोखरामा भएको पाचौँ वार्षिक साधारण सभामार्फत भलिबल खेललाई राष्ट्रिय खेल बनाउन निबेदन दिएको थियो । सोही निवेदनका आधारमा सरकारले २०७४ साल जेष्ठ ८ गते भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय खेल घोषणा भईसकेपछि नेपालले खेल्न लागेको सबैभन्दा ठुलो प्रतियोगितानै एसियन गेम्स हो ।

पुरुष भलिबल टिमले करिब ७५ दिनयता निरन्तर अभ्यास गरिरहेको छ । नेपाली टिमले पश्चिम नेपालको महेन्द्रनगरमा बसेर ७५ दिनको तयारी गरेको हो । लगत्तै साउन १५ मा काठमाडौं आएर टोलीले राखेपको कभर्ड हलमा अभ्यास गरिरहेको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्द टोलीको तयारी एसियन गेम्स र साग गेम्सको लागि मात्र नभएको जिकिर गर्छन् ।

‘यो तयारी मुख्य प्रतियोगिताका लागि मात्र नभएर निरन्तर लामो समयसम्म अगाडी बढाउने योजना सहित सुरु गरिएको हो ।’ उनले खेलपाटीसंग भने ।
नेपाली टिमले अहिले दुई विदेशी प्रशिक्षक राखेर तयारी गरेको छ । नेपालले मुख्य प्रशिक्षकमा नेदरल्याण्डका लेस्ले दि जोङलाई ल्याएको छ ।डच प्रशिक्षक जोङ एफआईभी कोर्ष लेभल टुका निर्देशक समेत हुन् । उनलाई सहयोग गर्ने गरि नेपालले अर्को विदेशी प्रशिक्षक डामी कोलोलाई टिममा समावेश गरेको छ ।

नेपालको कमजोर डिफेन्समा सुधार गर्न नेपालले डिफेन्स प्रशिक्षकको रुपमा कोलोलाई भित्राएको हो । दुवै प्रशिक्षकलाई सहयोग गर्न संघले सहायक प्रशिक्षक जगदिशप्रसाद भट्टलाई जिम्मेवारी दिएको छ ।

भलिबलले एसियन गेम्समा लामो समयपछि पुनरागमन गर्दैछ । तर, तयारीमा राखेपले आवश्यक सहयोग नगर्दा संघ रुष्ट छ । सरकारले भलिबललाई कुनै महत्व नदिएको संघ पदाधिकारी र खेलाडीको आरोप छ ।

बैदेशिक प्रशिक्षणको माग गर्दै आएको भलिबल टोलीले एउटा पनि अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न नपाएपछि असन्तुष्टि जनाएको हो । संघले टोलीलाई विशेष तयारीका लागि थाईल्याण्ड पठाउने निर्णय गरेको थियो । तर, परिषदले आवश्यक बजेटको प्रबन्ध नगर्दा संघको पहलले सार्थक रुप पाउन सकेन् ।
संघका महासचिव चन्दले भने वैदेशिक प्रशिक्षण र मैत्रिपुर्ण अभ्यासका बाबजुत नेपाली खेलाडी प्रतियोगिताका लागि तयार रहेको बताउछन् ।
‘बैदेशिक तयारी र मैत्रिपूर्ण अभ्यास खेल खेल्न नपाएपनि नेपाली खेलाडीको फिटनेस र ट्याक्टिसका कुरामा सुधार आएको छ । प्रर्दशनमा सुधार हुने अपेक्षा हामीले गरेका छौ ।’ उनले भने ।

पछिल्लो समय पुरुष भलिबलमा नेपालको प्रर्दशन सुधार उन्मुख छ । दुई बर्षअघि माल्दिभ्समा भएको तेस्रो संस्करणको एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले काँस्य पदक जितेको थियो । एभिसीबाट आयोजना हुने प्रतियोगितामा नेपालको पहिलो अन्तराष्ट्रिय पदक नै त्यही हो । गत चैतमा भएको चौथो संस्करणमा भने नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

नेपालले गत बर्ष मैत्रीपूर्ण खेलमा मकाउको राष्ट्रिय भलिबल टिमलाई समेत हराएको थियो । त्यस्तै हङकङको राष्ट्रिय भलिबल टिम र बङ्गलादेशको राष्ट्रिय भलिबल टिमलाई पराजित गरिसकेको छ । भलिबल संघको निमन्त्रणमा काठमाडौँमा भएको प्रतियोगितामा नेपालले डेनमार्कको राष्ट्रिय भलिबल लिग च्याम्पियन टिमलाई समेत हराएको थियो ।

संघका महासचिव चन्दले ३१ वर्षपछि एसियन गेममा फर्किएको नेपालले लक्ष्य कुनै पदक जित्ने नभएको बताउछन् ।

‘अन्तराष्ट्रिय स्तरमा पुरुष भलिबल टिमले अहिलेसम्म वरीयता पाउन सकेको छैन् । त्यही वरीयता यसपटक ल्याउने हाम्रो लक्ष्य छ ।’ चन्द थन्छन्, ‘यस पटक नेपाली भलिबलले एसियन गेमबाट आफ्नो वरीयता लिएर आउछ । हामी १९–२० भित्र पर्न सक्दौनौ । तर नेपालको लक्ष्य टप १५ भित्र पर्ने हुनेछ ।’


‘एसियन गेममा कुनै स्थान हात पार्छाै भन्ने छैन । त्यस्तो अवस्था पनि छैन् । तर टिमले कडा चुनौती दिन्छ । हामीले खेलाडीबाट त्यही अपेक्षा लिएका छौ । पदक जित्न दिर्घकालिन योजना र तयारी चाहिन्छ । जो हामीसंग छैन् ।’ धरातलिय चित्र देखाउदै महासचिव चन्द भन्छन्, ‘हामी अहिले जुर्मुराएका छौ । यसले भविष्यको संकेत गर्छ । एसियन गेम्स नहोला तर राज्यले सहयोग गरे एकदिन भलिवलले आफुलाई प्रमाणीत गर्नेछ ।’


त्यस्तै, नेपाली टिमको कप्तान इमबहादुर मगरले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो ल्याउने विश्वास रहेको बताए । ‘नेपाली टिमको लक्ष्य भनेको अन्तिम १० मा आफ्नो स्थान बनाउनु रहेको छ ।’ प्रशिक्षणमा व्यस्त मगरले भने ।

‘हाम्रो ग्रुपमा सबै भन्दा बलियो दक्षिण कोरिया रहेको छ । त्यस पछि भनेको चाइनिज ताइपेन हो । उसलाई हराउँदै प्रतियोगितामा अन्तिम १० भित्र पर्नै हाम्रो लक्ष्य रहेको छ ।’ इमले नेपाली टोलीको लक्ष्य सुनाए ।

नेपाली टिम :


इम बहादुर मगर ( कप्तान )
मान बहादुर श्रेष्ठ
धन बहादुर भट्ट क्षेत्री
बिशाल बहादुर वि क
दुर्गा प्रसाद महतो
नरेन्द्र गिरी
कुल बहादुर थापा
दिपक राज जोशी
राजु शेरचन
वैरभ बहादुर बङ
हरि बहादुर अधिकारी
ईश्वर थामा  (लिवेरो)


अफिसीयलहरु :
हेड कोचः लेस्ले दि जोङ
सहायक कोचः जगदिश प्रसाद भट्ट
डिफेन्स कोचः डामी कोलो
ब्यवस्थापकः भरत बहादुर शाह

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP