एजेन्सी । भेनेजुएलाकी युलीमार रोजासले टोकियो ओलम्पिकको महिला त्रिपल जम्पमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
ओलम्पिक स्टेडियममा आइतबार रोजासले १५.६७ मिटर जम्प गर्दै विश्व कीर्तिमान बनाएकी हुन् ।
रोजासले युक्रेनी खेलाडी इनिसाले सन् १९९५ मा बनाएको १५.५० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।
रोजास ओलम्पिकमा स्वर्ण पदक जित्ने भेनेजुएलाको पहिलो महिला खेलाडी समेत बनिन् ।
पोर्चुगलका मामोना प्याट्रिसियाले १५.०१ मिटरसहित रजत जित्दा स्पेनकी पेलेट्रियो अनाले १४.८७ मिटर जम्प गर्दै कास्य जितिन् ।
![](https://i.guim.co.uk/img/media/a2c8dae1c0fff784b59873c0030a3ceba5721367/0_0_3500_2309/master/3500.jpg?width=620&quality=85&auto=format&fit=max&s=d69199412aff330e6fcc5ea3e5422a00)