काठमाडौं । कतारको दोहामा आयोजना हुने एसियन फाइनल स्टेज २०२३ टेबल टेनिसमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बुधबार नेपाली टोलीलाई बिदाइ गरे ।
प्रतियोगितामा नेपालका रुबिन महर्जन र संयोग कपालीले सहभागिता जनाउने छन् ।
प्रतियोगिता जनवरी ७ देखि १३ सम्म आयोजना हुनेछ ।
बिदाइमा टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्य, ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटीलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
![May be an image of 4 people, people standing and indoor](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/324015429_3422507474699287_4180466796213466683_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=JI5WcAUxfm0AX-iDA3i&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfD0imZFABS-Z1ZmDpTw7NhzDvbaQwRekpTtsexPL-QL6w&oe=63BAE9BA)