काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य निर्धारण गरेको छ ।
एन्फाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकप छनोट अन्तर्गत यमनविरुद्ध हुने खेलको टिकट मुल्य सार्वजनीक गरेको हो ।
एन्फाले साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भिआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको छ ।
नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्नेछ ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनसहित यूएई र बहराईनसँग होम एण्ड अवेका आधारमा खेल्नेछ ।
नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिपक खतिवडाले विश्वकप छनोटको दोस्रो चरणको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।
कार्यक्रममा एन्फा प्रवक्ता सुरेश साह र प्रतियोगिता निर्देशक सञ्जिव मिश्र उपस्थित थिए ।