काठमाडौं । ट्यापआउट फिटनेस फ्रेन्चाईज फुटबल क्लब स्पोर्टिङ इलाम एफसीको फिटनेस पार्टनर बनेको छ ।
ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपाने र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई तथा ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ट्यापआउट स्पोर्टिङ इलामको फिटनेस पार्टनरको रुपमा रहनेछ । र ट्यापआउटले आफ्नो सेवा क्लब र क्लबमा आबद्ध खेलाडी अफिसियललाई उपलब्ध गराउनेछ ।
ढुकु फुटसल अन्तर्गत सन् २०१३ देखि सञ्चालन भैरहेको ट्यापआउट फिटनेसले खेलाडीको प्रर्दशन बृद्धि, चोट रोकथाम र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यमा काम गर्दै आएको छ ।
यसले लामो समयदेखि बास्केटबल, मार्सल आर्ट्स र अन्य खेलका खेलाडीलाई आफ्नो सुविधा उपलब्ध गराउँदै आएको ट्यापआउटले जनाएको छ ।