काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणका लागि प्रदेश एकबाट प्रतिनिधि छनोटमा भोजपुर बाहिर भएको छ ।
प्रदेश १ मा ११ जिल्लाबाट १० प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको थियो । मतदानबाट भोजपुरले मात्र २ मत प्राप्त गर्यो ।
प्रदेश एकबाट ताप्लेजुङ र पाँचथरले सर्वाधिक ११ मत प्राप्त गरे, इलाम, झापा, उदयपुर, खोटाङ, धनकुटाले समान १० मत प्राप्त गरे । मोरङले ९, सुनसरीले ८ र संखुवासभाले ७ मत प्राप्त गर्दै विशेष साधारण सभामा मताधिकार प्राप्त गरे ।
एन्फा विधान अनुसार प्रदेश १ बाट प्रतिनिधित्व गर्ने ११ जिल्ला मध्य १० लाई मात्र मताधिकार प्राप्त छ ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि एन्फाले कात्तिक २३ गते हेटौडामा विशेष साधारण सभा बोलाएको छ । सोही सभामा नेम्वाङले विश्वासको मत लिने तयारी गरेका छन् ।
विशेष साधारण सभाका लागि अहिले क्लब, जिल्ला, संघ, प्रदेशमा निर्वाचन भैरहेको छ ।