काठमाडौं । कराँतेकी अनु अधिकारी र भारोत्तोलनका कमलबहादुर अधिकारीले एनएनआईपीए बर्ष 'सर्वोकृष्ट खेलाडी'को अवार्ड हात पारेका छन् ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/48975120_222259892060879_3868482218942791680_n.jpg?_nc_cat=107&_nc_eui2=AeFVXL05NSe5zf9HQT_p4fuITYW8TuPCl6rDT9-k81ogTGOcDfLQpnahWEDn_hDdtInSM09UxImRuWpmSLE3ppMMB6J2mMin6o2mSs0ZgRDRsw&_nc_ht=scontent.fktm1-1.fna&oh=79ea4406ec36764cb564a14d7370049c&oe=5C8C58E5)
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको बर्ष उत्कृष्ट अवार्डमा अनु र कमलले सर्वोकृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।
![](/uploads/shares/kamal.jpg)
उपाधिसंगै दुवैले एक एक लाख रुपैयाँ प्राप्त गरे । गजराज आदर्श खेलाडीबाट भारोत्तोलनका पार्थ शारथी सेन गुप्तालाई सम्मानित गरियो । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/49606006_2207656729507021_6913565799324057600_n.jpg?_nc_cat=108&_nc_eui2=AeEmMI0xsiLFAbS2u-0soHiG1dI0jlMXzpwvvb5v3DTUahHHiDz7cI75v876LzfTBus8mF1J6oCR6zcBauDp46QitUaHMS-plqsIR-U-4ACK_A&_nc_ht=scontent.fktm1-1.fna&oh=f0986dbedd4eb36093b50401b233b813&oe=5C8BC651)
एनएनआईपिए पत्रकारिताबाट निरञ्जन राजवंशीलाई पुरस्कृत गरियो । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । संघले ललितपुरस्थित पाटन दरबार स्क्वायरमा एक बिशेष कार्यक्रमको आयोजना गरेर २९ खेलका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको थियो ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/48912107_584786265300407_13494778654097408_n.jpg?_nc_cat=100&_nc_eui2=AeGg3FQY7mpMDRZS3x2DIFAoXsYFpqYTQZjH2D6vAo1oKR4MfNXR3iQXCktG_2X9g1577mgtvoB1pL1N6NB2gVN-v1gaYaCziMbT7firVsuzpQ&_nc_ht=scontent.fktm1-1.fna&oh=b7e1d2506796f7a5796349790431e16e&oe=5CD29D90)
सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।