• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
बोगटी र सुबेदीलाई खेल पत्रकारिता पुरस्कार 
खेलपाटी संवाददाता
बुधबार, भदौ २७, २०८० खेलपाटी संवाददाता
बोगटी र सुबेदीलाई खेल पत्रकारिता पुरस्कार 

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान गरेको छ ।

मञ्चको २८औं स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गर्दै अग्रज खेलपत्रकार बोगटी र युवा खेलपत्रकार सुबेदीलाई सम्मानित गरिएको हो ।

मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ ।

सोहीअनुरूप मञ्चले स्थापना दिवसको अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुबेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो । 

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए ।

अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै उनले आजभन्दा २८ वर्ष अगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।    

सुमन बम्जन युवा पत्रकारिता अवार्डबाट सम्मानित सुबेदीले फुटबलको समर्थकका रूपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको उल्लेख गर्दै यो अवार्ड लिन योग्य बनाएको मञ्च परिवारलाई धन्यवाद दिए । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँच जना सम्मानित भइसकेका छन् ।

सो अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारिता कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुद विकास खेलकुद पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको विकास सुरु गरेको धारणा राखे । साथै उनले यो सम्मानले पुस्तान्तरण काम पनि गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए । सम्मानित पत्रकारलाई बधाई दिँदै आगामी पत्रकारिताको यात्रा सशक्त बनाउन शुभकामना व्यक्त गरेका थिए । 

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गरेका थिए ।     
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP