• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फिफा कंग्रेसमा बिना जानकारी शाहीको स्थानमा विष्टलाई पठाईयो
खेलपाटी संवाददाता
सोमबार, फागुन २९, २०७९ खेलपाटी संवाददाता
फिफा कंग्रेसमा बिना जानकारी शाहीको स्थानमा विष्टलाई पठाईयो
एन्फा अध्यक्ष नेम्वाङ र उपाध्यक्ष शाही

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुवान्डामा आयोजना हुने फिफा कंग्रेसमा उपाध्यक्ष विराटजंग शाहीको स्थानमा सदस्य मणिराज विष्टलाई पठाएको छ ।

एन्फाले बिना जानकारी शाहीको स्थानमा विष्टलाई फिफा कंग्रेसमा सहभागिता गराएको हो ।

सुरुआतमा एन्फाले अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र उपाध्यक्ष शाहीको नाम पठाएको थियो । तीनै जनाको टिकट समेत आएको थियो । तर, एन्फाले अन्तिम समयमा शाहीको नाम हटाउँदै विष्टलाई कंग्रेसमा सहभागिता गराएको हो ।

उपाध्यक्ष शाहीले सोमबार सामाजिक संजालबाट आफ्नो स्थानमा अर्कैलाई फिफा कंग्रेसमा पठाएको बताएका छन्  ।

शाहीले आफु एयरपोर्ट पुगेपछि आफ्नो नाम हटाएको जानकारी पाएको लेखेका छन् ।  शाहीले ४० वर्ष फुटबलमा लाग्दा पहिलो पटक आफु अपमानित भएको लेखेका छन् ।

'करिब ४० वर्ष इमान्दारी‌ पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको  बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद,' उनले लेखेका छन् , 'फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो।  जस अनुसार मेरो नाममा टिकट र  भिसा पनि आयो र जाने तयारी पनि गरे। फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए । आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए। काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ ।'

शाहीको पोस्ट - 

करिब ४० बर्ष इमान्दारी‌ पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो।

त्यसको लागि एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।

फुटबलसग आबद्ध भएका सबै साथीहरूको जानकारीको लागि।

फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो।

जस अनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरे।

फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए।

आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए।

Checking काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ।

हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन।

घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने।?

वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिन होला।

अर्को पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब भएतापनि टिम र अध्यक्षलाइ अप्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष म भन्दा जुनियर भएतापनि उपाध्यक्ष मा लडेर गरेको बलिदानको बापतमा‌ जीवनमै सबैभन्दा‌ ठूलो अपमानित भए।

एन्फा अध्यक्ष ज्यू

एन्फा तपाईको व्यक्तिगत कम्पनी र बिर्ता होइन।

मलाई फिफा कंग्रेसमा लगेर तपाईले गर्नुभएका सबै अबैधानिक र अनियमितताको कार्यहरु आखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला।

मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ।

फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफूलाई गर्व महसुस गर्दछु।

विराट शाहा लाइ विदेश लगेर पनि

तपाईंले गरेका अबैधानिक र अनियमितताको आखा चिम्लिएर हो मा हो मिलाउने म परिन।

मेरो नाम काटेर कुन व्यक्ति जानु भएको छ मलाई जानकारी छैन।

जो जानु भएको छ उहाले भविष्यमा‌ कस्तो भूमिका खेल्नु हुन्छ प्रतिक्षाको विषय रहेको छ।

जुन अपमान आज मैले भोग्नुपरेको छ। जब अन्य साथीहरुले पनि ढिलोचाडो यस्तै अपमान सहनु पर्यो भने थाहा हुन्छ। अहिले मैले कस्तो पीडा भोगिरहेको छु भनेर।

के कति कारणले मेरो नाम काटियो यसको जवाफ अध्यक्षले‌ कार्यसमितिको बैठकमा र साधारण‌ सभामा जवाफ दिनुपर्नेछ।

अध्यक्ष को यो ‌ निर्णयले आज के प्रष्ट भयो भने‌ जतिसुकै अवैधानिक कार्यको समर्थन गर्ने वा अवैधानिक कार्यको बिरोध गर्दा मैले जस्तै अपमान सहनु पर्ने हुन्छ ।

अन्तमा फुटबलसग आबद्ध सबैसग के अनुरोध गर्न चाहन्छु भने विदेश जानु ठूलो कुरा होइन।

जुन तरिकाले म अपमानित भएको छु अन्य साथीहरूले यस किसिमको अपमानित हुनु नपरोस।

यस्ता किसिमको गलत कार्यको हरेक तहबाट सबैको सहयोग र सदभावको आशा राखेको छु।

जय भकुण्डो जय नेपाली फुटबल

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP