काठमाडौं । सातौं संस्करणको अरहान्त मेमोरियल कप यू-१२ इन्टर स्कुल नाइन ए साइड फुटबल आजबाट सुरु हुँदैछ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजना तथा कुमार थापा संरक्षक रहेको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा पिस जोन र पर्वत पैयुन भिड्ने छन् ।
पहिलो दिन चार खेलहरु हुने छन् ।
प्रतियोगिताको विजेताले २५ हजार नगद तथा उपविजेताले १५ हजार नगद पाउने छन् ।
प्रतियोगिताका लागि सम्पूर्ण ट्रफी बेलायतबाट झिकाइएको छ ।
![](https://demo.khelpati.com/uploads/editor/2023-04-07/043451167340064612_926067648815161_6888241088304880598_n (1).jpg)