काठमाडौं । एचएचसीए र ओडिसीले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् ।
एचएचसीएले फ्लोरोसेन्टलाई १९–१५ ले पराजित गर्यो । एचएचसीएका दिशान्त राईले ७ अंक जोडे । ओडिसीले बीएनएलाई १५–१२ ले हरायो । जुनियर ब्वाइजमै लालीगुराँसले हिमरशमीलाई १५–९ ले पाखा लगायो । लालीगुराँसका दीपेश कार्कीले ८ अंक बटुले ।
सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले न्यु समिटलाई ५७–२७, टीआईएले बीएनएलाई ५८–३५, नवोदितले डिआर मेमोरियललाई २६–१० र गोल्डेनपिकले एन्जल्स हर्टलाई ४०–२० ले पन्छाए । ग्रिनल्यान्डका राजीव आले मगरले २६, टीआईएका सम्राट गुरुङले १७, नवोदितका लक्ष्मण गुरुङले १८ र गोल्डेनपिकका गोपाल भण्डारीले १० स्कोर गरे ।
सिनियर गल्र्समा एचएचसीएले स्किब्सलाई २६–२३, भ्याली पब्लिकले प्रोलिफिकलाई ४६–३०, ग्रिनल्यान्डले न्यु समिटलाई २७–१५ र टीआईएले भद्रकालीलाई १८–१२ ले पराजित गरे । एचएचसीएकी अनिता राईले ९, भ्याली पब्लिककी सुजु गुरुङले १३, ग्रिनल्यान्डकी स्विकृति अधिकारीले ९ र टीआईएकी अर्पिताले ७ अंक जोडे ।