काठमाडौं । डाफोडिलले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात परेको छ ।
डाफोडिलले न्यु बुद्ध प्रकाशलाई ५३–३७ ले पराजित गर्यो । डाफोडिलका प्रिन्स गुरुङले १३ अंक जोडे ।
सिनियर ब्वाइजमै रुपिज इन्टरनेसनलले एडभान्सलाई ६१–२७ तथा बुद्ध एकेडेमीले मेरिडियन इन्टरनेसनललाई ४६–१८ ले हरायो ।
रुपिजका आदित्य गुरुङले १३ तथा बुद्धका संगम र फुर्वाले समान १०–१० अंक जोडे ।
सिनियर गल्र्समा अक्षराले अर्बिटलाई २२–९ ले पन्छायो । अक्षराकी प्रतिष्ठा कट्वालले १० स्कोर गरिन् ।