बिक्रम लामा ।
काठमाडौं । नेपालले अपेक्षा गरे अनुसारको खेल पस्किन सकेन । डिफेन्स लाईन कमजोर देखियो र मिडफिल्डरले राम्रो भुमिका निभाउन सकेन । नेपालले सेमिफाइनल खेलको तयारी गरेर मैदान प्रवेश गर्नु थियो, तर नेपाल फाइनल खेलकालागि मैदान उत्रियो ।
माल्दिभ्सका प्रशिक्षकले नेपालको कमजोर पक्षमा प्रहार गरे । उनले आफ्ना खेलाडीलाई सोही रणनीति अनुसार मैदान प्रवेश गराए । नेपालको प्रर्दशन समेत निकै कमजोर देखियो ।
नेपाललाई माल्दिभ्ससंग जित्न सहज थिएन । तर नेपाल बिगतका हार भन्दा पनि जितमात्र सोचेको जस्तो देखियो । पहिलो गोल स्वभाविक थियो तर दोस्रो र तेस्रो गोलमा नेपाली डिफेन्स र मिडफिल्डको कमजोरी प्रष्ट देखियो ।
नेपाली खेलाडीले बर्षा हुदाँ समेत खेलेका छन् । तर फरक आज खेल माल्दिभ्सको पक्षमा गयो ।
बललाई धरै पटक आफ्नो खुट्टामा राख्ने प्रयास नेपालले ग¥यो तर बिपक्षको मैदानमा फ्याक्नभन्दा बिपक्षकोलागि छलाए जस्तोमात्र भयो । कमजोर पक्ष धेरै छन् । सुधार गर्नुपर्ने पक्ष धेरै छन् । आशा गरौ आगामी साफमा नेपालले त्यसको सुधार गर्नेछ ।
(चोटका कारण मैदान बाहिर रहेका राष्ट्रिय फुटबल टिमका मिडफिल्डर लामा चाँडै मैदान फर्कने तयारीमा छन् ।)