काठमाडौं । गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रसकन्ट्री दौड माघमा आयोजना हुने भएको छ । यस्तै धरान रन फागुनमा हुनेछ ।
एथलेटिक्स परिवार, नेपालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ ।
गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ बिभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,५,००० मिटर,१०,००० मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ भने ४ गुणा १०० मिटर दौड र नेपालमा पहिले पटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुनेछ ।
व्यक्तिगततर्फ प्रत्येक ईभेन्टमा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने खेलाडीलाई २ हजार नगद पुरस्कारको साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि रिले दौडमा प्रथम हुने टिमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार नगद पुरस्कार दिईनेछ ।
महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजारबाट पुरस्कृत गरिने छ ।
सातौं झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते शनिबार हुनेछ । प्रतियोगिता नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।
दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।
प्रतियोगितामा १३.५ कि.मि. पुरुष तथा महिला, ४.५ कि. मि. को खुल्ला जुनियर छात्र तथा छात्रा, स्थानीय छात्र, छात्रातर्फ ४.५ कि.मि., ४५ वर्ष माथिका स्थानिय पुरुषको ४.५ कि.मि.,१३.५ कि.मि. खुल्ला भेट्रान खुल्ला पुरुष, ४. ५ किमीको आमा समूह दौडमा गरी कुल १० ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीहरले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रहेको छ ।
त्यस्तै फागुन १३ गते शनिबार धरानमा ११औं नेवा च्यारिटी रन,२०२३, धरान १० के रन आयोजना हुनेछ ।
विजयी खेलाडीहरुलाई बिभिन्न पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको काठमाडौमा समन्वयको कार्य एथलेटिक्स परिवार नेपालले गरेको छ । धरान १० के दौडमा ४ हजार भन्दा बढि धावकहरुको सहभागिता रहने छ ।
![](https://demo.khelpati.com/uploads/editor/2023-01-12/084533313325133179_907073266987235_1203668739994386530_n.jpg)
![](https://demo.khelpati.com/uploads/editor/2023-01-12/084546393325176856_1166363060728095_2881980594676605176_n.jpg)
![](https://demo.khelpati.com/uploads/editor/2023-01-12/084512238325252429_895584668428517_3580108320433038987_n.jpg)
![](https://demo.khelpati.com/uploads/editor/2023-01-12/084620953325152965_493026749646225_3334139906366290008_n.jpg)