काठमाडौं । भारतसंग तीन टी– ट्वान्टी क्रिकेट सिरिज खेल्न नेपाली पारा स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारतको आग्रा जाने भएको छ ।
खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मिया, मीनप्रसाद ढकाल र ललनकुमार बाराही रहेका छन् ।
ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् । नेपालले मार्च १३, १४ र १५ तारिखमा भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसंग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी गराए ।
बिदाइका अवसरमा वज्रयोगिनी ब्याग प्रोडक्सनका प्रोपाइटर हरि श्रेष्ठद्वारा प्रायोजित पोशाक पनि टोलीलाई वितरण गरिएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।