काठमाडौं। अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित गर्यो ।
नाजरथले सञ्जिविनीलाई २०१–१६६ तथा दीपशिखाले डाँफेलाई २२०–१४१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
त्यस्तै अभिषेक ज्ञान मन्दिर (एजीएम) ले रुपक मेमोरियललाई १३७–११३ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।