काठमाडौं । त्रिकोणले तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको खेलमा त्रिकोणले ग्लोरीलाई १०९–९६ ले पराजित गर्यो ।
अन्य खेलमा डाँफेले न्यु इङलिसलाई १३९–१०५ तथा नजरेथले एकता जेम्सलाई १९५–७० ले हराए । प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीदिने प्रतियोगितामा २० टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।