काठमाडौं । दक्षिण कोरियामा आयोजना हुने एसियन अल्पाईन चिल्ड्रेन प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कोरियाको अल्पेनसिया स्की रिसोर्टमा मार्च १६ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा महिला र पुरुषमा समान २/२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा दिनेश कुमार बोहरा, उमङ्ग रन्जित, लक्ष्मी राई, पलिशा बज्रचार्याले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा प्रविन कर्माचार्य रहेका छन् ।
नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी, नेपाल स्की संघका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठज्युले विदाई गरेका छन् ।
कार्यक्रममा नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, कोषध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव बसन्त राज कार्की तथा सदस्यहरुमा अर्जुन महर्जन र शान्त माया परियारको उपस्थिती रहेको थियो ।