• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पावरलिफ्टिङ्गमा बिकिन र सबिता सर्वोत्कृष्ट 
खेलपाटी संवाददाता
बुधबार, असोज १०, २०८० खेलपाटी संवाददाता
पावरलिफ्टिङ्गमा बिकिन र सबिता सर्वोत्कृष्ट 

काठमाडौं । राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा बिकिन जोशी र सबिता ह्यान्जु सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले पिन्टोला नेपालको मुख्य प्रायोजनामा असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले सर्वाेत्कृष्ट खेलाडीकाे उपाधि जितेका हुन् । 

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समुहमा आधारित खेल गराइएको थियो । 

जसमा पुरुषतर्फ बाट बिकिन जोशी र महिला तर्फबाट सबिता ह्यान्जु प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भए । 

पुरुष खुल्ला अन्तर्गत ६२ केजी तौल समूह मुनिको खेलमा निमेष चुकान, बल बहादुर सुनार र दिनेश सिख्राकर, ६२.१–६९ केजी तौल समुहको खेलमा बिकिन जोशी, बिक्रम थापा र बिकास गुरुङ्ग, ६९.१– ७७ केजी तौल समुहमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७.१–८५ केजी तौल समुहमा विकेस श्रेष्ठ, राजिब श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५ केजीमाथिको तौल समुहमा ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्यले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । 

महिला खुल्ला अन्तर्गत ५८ केजी तौल समुहमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१–६४ केजी तौल समुहमा पुनम बोम्जन, एन्नि दर्जि र एलि लिम्बू, ६४ केजीमाथिको तौल समुहमा शर्मिला शाह, जुनु महर्जन र मनु कला राइले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

यस्तै, जुनियर अन्तर्गत २१ वर्ष मुनिको उमेर समुहबीचमा जेम्स(बिप्लव), राजिव खड्का र सुधीर श्रेष्ठले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । 

मास्टर्स पुरुष ४५ वर्षमाथिको उमेर समुहमा तारा बहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । 

मास्टर्स महिला ४० वर्षमाथिको उमेर समुहमा लक्ष्मी महर्जन, पुजा प्रधान र माया मगरले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । 

प्रतिस्पर्धामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समुहको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समुहगत विजेता खेलाडीमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।  

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ बिकिन जोशी र महिलातर्फ सबिता ह्यान्जुलाई समान ३७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

वल्र्ड पावरलिफ्टिङ्गको सम्बद्धतामा नेपालमा पावरलिफ्टिङ्ग खेल जगतको इतिहासमै पहिलो पटक देशभरबाट १ सय ६४ खेलाडी दुई दिवसीय प्रतियोगितामा सहभागी भएका थिए ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्कीको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथिमा गगन कुमार थापा रहेका थिए ।

कार्यक्रमकोे विशिस्ट अतिथी पिन्टोला नेपालका संचालक तथा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रेमहरी मैनाली, नेपाल सेनाका पुर्व प्रधान सेनापती गौरव शमशेर ज.ब.रा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री बिजय लाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, नेपाल भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री सुरेश सुबेदी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय सदस्य बाबु काजी मानन्धर, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठ, अशोक फिटनेसका संचालक अशोक शाही र अभिसेस शाही, स्ट्यान्डर्ड फेसनका संचालक अनिस महर्जन, पोशिलो फुड्सका संचालक पृथ्वी कल्याण पराजुली, ब्यागर्स नेपालका संचालक सबिन लामीछाने लगायतको उपस्थिती रहेको थियो । 


 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP