• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसियाली खेलकुद : उसु र जुडोमा खराब नतिजा
खेलपाटी संवाददाता
सोमबार, असोज ८, २०८० खेलपाटी संवाददाता
एसियाली खेलकुद : उसु र जुडोमा खराब नतिजा

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत उसु र जुडोमा नेपाली खेलाडीले कमजोर प्रर्दशन गरेका छन् । जुडोका खेलाडीहरु लगातार पराजित हुदाँ उसुमा समेत नेपालले राम्रो स्थान हासिल गर्न सकेन ।

जुडोमा तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

यस्तै, उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९ दशमलव ४१० अंक जोडिन् ।

थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९ दशमलव ०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८ दशमलव ९७३ अंक ल्याए ।

एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित बन्यो । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसंगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किदै छ ।

पुरुषको २५ दशमलव ५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भए । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसंगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरी पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २० दशमलव ५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको छ। झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।

सोमबारनै हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।
पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय ब्यहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढेन ।

महिला फोइल व्यक्तिगततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४  र चीनकी क्वइयानक्यान  हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।


नेपालकी अञ्जली तामाङले तेक्वान्दोमा मिश्रित प्रदर्शन गरिन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग चुकिन् । अन्जली १२–० र १०–० ले पछि परिन् ।

पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसंग ४–१२ र २–० ले हारे । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

पुरुष बक्सिङमा नेपालका रबिन थापाले जित निकाले। पुरुष ५१ केजी मुनी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराए । राउन्डर अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले हराएका हुन् । 

एसियाड अन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको थियो ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगाए ।

अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP