• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई गरिमा डेन्टलको साथ
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २६, २०८० खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई गरिमा डेन्टलको साथ

धनगढी ।  कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड—२०७९’ लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो ।

kamana bank
clasic tec

अब यो विधाको नाम गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डाक्टर निराजनदत्त शर्मा पौडेलले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

‘आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीलाई सम्मान गरिने कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशको राजधानीमा सञ्चालित गरिमा पोलिक्लिनिक एन्ड डेन्टलले लामो समयदेखि विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्ष ०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताए ।

अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । विधा प्रायोजकमा निसर्ग हस्पिटल, माया मेट्रो हस्पिटल, शौभाग्य हस्पिटल, सारथी अस्पताल र न्यु सिटी पोलिक्लिनिक रहेका छन् ।

यस्तै अवार्डका लागि ४ विधाका खेलाडीको मनोनयन पनि सार्वजनिक भइसकेको छ । वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । बर्ष युवा खेलाडी विधातर्फको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी परेका छन् । सुदूरपश्चिम आइकन पुरुष विधामा तरबारबाजी (फेन्सिङ)mका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् भने सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छन् । अब उत्कृष्ट खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP