• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ
खेलपाटी संवाददाता
बुधबार, जेठ २४, २०८० खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ

धनगढी ।  ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा सञ्चालनमा आएको शौभाग्य हस्पिटल जोडिएको छ ।  

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधा मध्येको स्पेशल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

अब यो विधाको नाम शौभाग्य हस्पिटल स्पेशल अवार्ड रहनेछ ।  प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टले हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए।

निजि अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै बिशेषज्ञ सेवा सहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित कृषि सामाग्री संस्थानको अगाडी मेनरोडमा सञ्चालनमा आएको हो । २५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वशुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा दिने गरी केही समय अघिदेखि सञ्चालनमा ल्याईएको हो ।  मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सुदुरपश्चिम प्रदेशमा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरुको दावी छ । बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायत सबै स्वास्थ्य सेवाहरुको बिशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिईरहेको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए । आईसियु, एनआईसियु सेवा सहित वातानुकुलित कक्षहरुमा विरामीले उपचार पाउने अध्यक्ष जोशीले बताए ।

हस्पिटलले ६ महिनाभित्र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने जनाएको छ । २५ शैय्याबाट अस्पताल सुरु भएपनि छिट्टै एक सय शैय्याको पुराउने योजना बनाईएको छ । अस्पतालहरुमा सर्वशुलभ शुल्कमा फरक शैलीमा मुस्कान सहितको स्वास्थ्य सेवा दिएर फरक पहिचान बनाउने लक्ष्य राखिएको छ ।  विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय भएका युवाहरुको समुहले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP