काठमाडौं । बी डिभिजन क्लब बाँसबारीले कोरोना महामारीका कारण प्रभावित भएका २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
बुधबार बिहान एक कार्यक्रममा बीच दोस्रो डिभिजन क्लब बाँसबारीले स्थानीय असाहाय परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
लायन्स क्लबको सहयोगमा बाँसबारीले प्रतिपरिवार करिब १४ सय रुपैयाँ बराबरीको खाद्यान्न सहयोग गरेको क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले खेलपाटीलार्ई जानकारी गराए ।
‘लायन्स क्लबको सहयोगमा आज २ सय परिवारलाई खाद्यान्न सहयोग गरेका छौं ।’ राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक समेत रहेका उपाध्यायले भने ।
क्लबले प्रति परिवार ८ के जी चामल, ३ केजी दाल, एक लिटर तेल, २ केजी चिउरा, मसेउरा, नुन, साबुन, माक्स र सेनिटाइजर गरि करिब १४ सय रुपैयाँ बराबरको सामान हस्तान्तरण गरेको हो ।
कोरोना महामारीका कारण दोस्रो डिभिजनको लिग रोकिँदा बाँसबारीले समेत खेल्न पाएका छैन । शीर्ष डिभिजन लिगमा उक्लने योजना सहित बाँसबारीले गत सिजन लिगका लागि राम्रो लगानी गरेको थियो ।
कोरोना अघिसम्म बाँसबारी ५ खेलबाट ११ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । क्लब ए लाईसेन्स प्राप्त प्रशिक्षक युगल किशोर राईको नेतृत्वमा रहेको छ ।