एजेन्सी । कोरोना भाईरसको कारण यूएफसी लाइटवेट च्याम्पियन खबिब नुर्मागोमेडोभको बुबा तथा प्रशिक्षक अब्दुलमानपको निधन भएको छ ।
कोरोनाको कारण उपचाररत एमएमए प्रशिक्षक अब्दुलमानपको ५७ वर्षको उमेरमा निधन भएको हो ।
अब्दुलमानप गत मेबाट मस्कोको एक अस्पतालमा उपचाररत थिए ।
खबिबका म्यानेजर अली अब्देलाजिजले शुक्रबार उनको बुबाको निधन भएको पुस्टि गरेका छन् ।
खबिब २८ बाउटसम्म अपराजित रहेका छन् । उनले सन् २०१८ मा आयरल्याण्डका कोनर म्याकग्रिगोरलाई हराएका थिए ।