काठमाडौं । वर्षाको कारण १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीको नगर परिक्रमा प्रभावित बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका पदकधारी खेलाडीलाई बिहान ११ बजेबाट नगर परिक्रमा गराउने बताएपनि वर्षाको कारण नगर परिक्रमा ढिला सुरु भएको छ ।
सागका पदकधारी खेलाडीहरु राखेप परिसरमा समयमै आईपुगे पनि वर्षाले ढिला सुरु भएको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप सदस्य सचिब रमेश सिलवालले फूलमाला र अविर लगाएर नगर परिक्रमाको सुरुवात गरिएको छ ।
यस्तै नगर परिक्रमाको रुट समेत घटाईएको छ । अब नगर परिक्रमा कार्यकम त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुन: त्रिपुरेश्वर आएर टुंगिने छ ।
यस अघि पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय भएको थियो ।
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.15752-9/78892904_442288433135794_560166213318082560_n.jpg?_nc_cat=103&_nc_ohc=PTxqOm17IP0AQmRA_QuiZOdTfi80JCGxPu19k9oYjVHQf1SgZBMM1cC1Q&_nc_ht=scontent.fktm7-1.fna&oh=2904a277789de717d44477ed3b569576&oe=5E877A10)