काठमाडौं । पहिलो संस्करणको राष्ट्रिय टग अफ वार (डोरी तान) प्रतियोगिता भोलि (मंगलबार) आयोजना हुने भएको छ । नेपाल डोरी तान संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबार हुने जनाएको छ ।
किर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा हुने प्रतियोगितामा ७ देश र तीन विभागीय टिम एपीएफ, आर्मी र नेपाल पुलिस गरि १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
डोरी तान नेपालको पुरानो खेल भएपनि ओझेलमा पर्दै गएको र यस खेलको विकास र प्रवर्दनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी गराए ।
प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।