• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पारापिटको अवस्था बुझ्न चीन उडे सदस्य सचिव
खेलपाटी संवाददाता
बुधबार, भदौ ४, २०७६ खेलपाटी संवाददाता
पारापिटको अवस्था बुझ्न चीन उडे सदस्य सचिव
राखेप सदस्य सचिव रमेश सिलवाल । फाेटाे : खेलपाटी ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य रमेश सिलवाल चीन उडेका छन् । दशरथ रंगशालामा जडान गरिने पारापिटको अवस्था बुझ्न सदस्य सचिव सिलवाल चीन उडेका हुन् ।

मंगलबार मध्यान्न चीन उडेका सदस्य सचिव सिलावलले चीनमा रहदाँ रंगशालाको भीआईपीतर्फ राखिने पारापिटको बन्दै गरेको छानोको अवस्था बुझ्ने छन् ।

साधारणतर्फको पारापिटको जडान कार्य सम्पन्न भएपनि भीआईपीतर्फको पारापिटको काम अघि बढ्न सकेको छैन । पारापिट जडानका लागि चीन र नेपालका दुई कम्पनीले जिम्मा पाएका छन् ।

चीनियाँ कम्पनी सीएनई र नेपाली कम्पनी एचटीसीले भीआईपीतर्फको पारापिट नेपाल ल्याउने जिम्मेवारी पाएका थिए । पारापिट जडानको जिम्मेवारी भने अर्को नेपाली कम्पनीले पाएको छ ।

‘सदस्य सचिव चीनमा रहदाँ पारापिटको छानोको निर्माण प्रक्रिया, नेपाल आईपुग्न लाग्ने समय र गुणस्तरको बिषयमा जानकारी लिनुहुनेछ ।’ सदस्य सचिवको सचिवालयका एक अधिकारीले भने ।

चीनमा रहदाँ सदस्य सचिवले आसन्न सागलाई लक्षित गर्दै चीनियाँ पक्षसंग नेपाली खेलाडीको प्रशिक्षणको व्यवस्था मिलाउन समेत आग्रह गर्नेछन् । सदस्य सचिव सिलवालले पदकको आश गरिएका केही खेललाई चीनमा विशेष प्रशिक्षण गराउने तयारी तयारी गरेका छन् । सोही अनुसार सम्भावित खेलको प्रशिक्षणको बिषयमा उनले चीनियाँ पक्षसंग छलफल गर्नेछन् ।

सदस्य सचिव ५ दिनका लागि चीन गएका हुन् । आवश्यकताका आधारमा भ्रमणको समय थपघट हुन सक्ने राखेपले जनाएको छ ।

राखेपले कात्तिक १५ भित्र दशरथ रंगशालाभित्रका निर्माणको सम्पुर्ण कार्य सक्न सम्बन्धित ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । सोही अनुसार पारापिट जडानको कार्यक्रम समेत कात्तिक १५ अगावै सक्नुपर्नेछ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३ औ संस्करण मंसिर १५ देखि २५ सम्म काठमाडौंमा आयोजना हुदैछ ।

गुरुङ निमिक्त सदस्य सचिव

सिलवाल चीन उडेपछि राजेश गुरुङले निमिक्त सदस्य सचिवको जिम्मेवारी पाएका छन् । सिलवालले गुरुङलाई निमिक्त सदस्य सचिवलको जिम्मेवारी दिएका हुन् ।
आफु अनुपस्थित रहेको अवस्थामा राखेपकै बोर्ड सदस्यमध्य एक जनालाई निमिक्तको जिम्मेवारी दिन सकिने प्रावधान रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP