काठमाडौं । रेगन श्रेष्ठले प्रथम चामुन्डा अल नेपाल स्नुकर प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । रेगनले रेन्जेन लामालाई ३–१ ले पराजित गरे ।
त्यस्तै फुरी शेर्पा, नितेश खण्डवाल, सुमन लामा, सञ्जय वज्रचार्य, सुजेन शाही, उदिप शाक्य, सोम लामा र राजन लामा विजयी भए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
सेन्चुरी ब्रेककर्तालाई ५० हजार, सर्वाधिक ब्रेककर्तालाई ३० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।