पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा महिला तथा पुरुष स्पर्धा अन्र्तगत लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
सोमबार पोखरामा भएको प्रतियोगितामा पुरुषतर्फ बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बाग्मती प्रदेशले सशस्त्र प्रहरी बललाई ३६–३१ पोइन्ट गर्यो । दोस्रो खेलमा नेपाल प्रहरी क्लव त्रिभूवन आर्मी क्लवसँग ७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजित हुँदा तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजित गर्दै विजयी भयो ।
चौथौं खेलमा सशस्त्र प्रहरी बललाई सुदुर पश्चिमले ४३ – २६ ले पराजित ग¥यो, पाँचौ खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ४४ – ३६ ले पाखा लगाउँदा अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ७५–३३ ले पराजित गर्दै विजयी भयो ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका छन् ।
प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्वर १ लाई ४७ – २४ ले पराजित गर्दा दोस्रो खेलमा बाग्मती प्रदेशलाई त्रिभूवन आर्मी क्लवले ७५–२० पोइन्टको फराकिलो अन्तरले पराजित गर्दा तेस्रो खेलमा कर्णाली प्रदेश नेपाल प्रहरीसँग ६५–२२ ले पराजित भयो ।
चौंथो खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ३४ – १७ ले पराजित हुँदा पाँचौं खेलमा बाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले पाखा लगायो । अन्तिम खेलमा सशस्त्र प्रहरी बलले सुदुर पश्चिम प्रदेशलाई ४४–२१ पोइन्टले पन्छाउँदै जित दर्ता गरेको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ ।