बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिवलको फाईनलमा विभागीय टिम पुलिस र प्रदेश तीन भिड्ने भएका छन् ।
मंगलबार भएको खेलमा प्रदेश ३ ले पुलिस क्लब र एपीएफले प्रदेश ४ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो खेलम प्रदेश ३ ले पुलिसलाई ३ ० को सोझो सेटमा हरायो ।
पहिलो सेट २५ २३ ले जितेको प्रदेश ३ ले दोस्रो २५ ११ र तेस्रो २५ १८ ले आफ्नो पक्षमा पार्यो ।
अर्को खेलमा एपीएफले प्रदेश ४ लाई सहजै सोझो सेटमा हरायो ।
पहिलो सेट २५ ९ ले जितेको एपीएफले दोस्रो २५ १६ र तेस्रो २५ ९ ले आफ्नो पक्षमा पार्यो ।
महिला र पुरुष भलिवलको फाईनल खेल भोली हुनेछ ।