काठमाडौं । विश्वकप कसले जित्छ ? ब्राजिल । धेरै फुटबल प्रेमी या फुटबल विज्ञले दिने समान जवाफ यही नै हो । आखिर जित्ने कारण के त ? सबैको एउटै जवाफ हुने गर्छ, टिम बलियो छ अनि राम्रो लयमा छ ।
युरोपेली फुटबलका स्टार खेलाडीले भरिएको ब्राजिल लयमा आउने हो भने उपाधि जित्न कठिन नहुनुपर्ने हो । विश्व फुटबलकै महंगा फुटबलरको छाप बनाएका नेयमार, ग्याब्रियल जिसस, फिलिप काउटिन्हो,रोबर्टो फिर्मिनो, विलियम, थियागो सिल्भा, मार्सेलो लगायतका खेलाडीले भरिएको ब्राजिलले कुनैपनि समय खेलको धार परिवर्तन गर्न सक्छ ।
विश्व फुटबलकै आक्रमक खेलाडीले भरिएको ब्राजिलले कुनै पनि रक्षापंक्तिलाई चिर्न सक्ने हैसियत राख्छ । तर, रुसी विश्वकपमा ब्राजिलको प्रर्दशन सन्तोषजनक छैन् । स्वयम प्रशिक्षक टिटे समेत त्यसलाई स्वीकार गर्छन् । ‘ब्राजिलको प्रर्दशनमा क्रमिक रुपमा सुधार देखिदै गएको छ ।’ उनी यसै भन्छन् । प्रशिक्षक टिटेका प्रिय खेलाडी हुन्, ग्याब्रियल जिसस् । उनी के प्रिमियर लिगमा गएका थिए म्यानष्चेष्टर सिटीमा जादु देखाउन थालिहाले ।
प्रशिक्षक टिटेलाई सबै भन्दा ठुलो भर नेयमार र काउटिन्होमा छ । जसले खेलको दिशा र नतिजा दुवै फेरिदिन सक्छ । दुवैले क्लब फुटबलमा निरन्तर गोल गर्दै आएका छन् । मिडफिल्डमा क्यसिमिरो, पाउलिन्हो, विलियन जस्ता खेलाडीले ब्राजिललको खेल बुन्ने प्रयास गरिरहेका छन् । उनीहरु कुनैपनि समय खेलको गति बदल्ने सामर्थ्य राख्छन् । पुर्व कप्तान थियागो सिल्भा, मार्सेलो, मिरान्डा, डानिलो जस्ता खेलाडीको रक्षापंक्तिले ब्राजिललाई पुर्ण बनाएको छ ।
स्टार खेलाडीको भरिएको पाँच पटकको विश्व विजेता टोलीको प्रर्दशन रुसी विश्वकपमा सोचे जस्तो छैन् । समूह चरणको पहिलो खेलमा स्विजरल्याण्डविरुद्ध बराबरी खेलेको ब्राजिलले दोस्रो खेलको जितपछि राहतको सास फेरेको छ । तालिकाको शीर्ष स्थानमा भएपनि समुह चरणको अन्तिम खेलमा ब्राजिलले सर्वियासंग निकै संयमित भएर खेल्न आवश्यक छ ।
नकआउट चरण पुग्न ब्राजिललाई जित बराबरीनै पर्याप्त छ, समिकरण यस्तै भन्छ । तर, विजेताको रुपमा अघिल्लो चरण पुग्न उसले सर्वियालाई हराउनुपर्ने छ । ब्राजिल र सर्बियाको खेल दुबै टोलिका लागि गर या मर को खेल हो । तालिकामा ४ अंक भएको ब्राजिलका लागि अर्को चरणमा पुग्न बराबरी नै काफी छ । तर, बिगत फर्कदा ब्राजिलियन टिमले राम्रो खेल प्रदर्शन गरे पनि गोलको अभाव देखिन्छ ।
स्टार खेलाडी नेयमार र ग्याब्रियल जिससले अझै वास्तविक फर्ममा आउन सकेका छैनन् । त्यसको मुल्य ब्राजिलले पहिलो खेलमा चुकाईसकेको छ । स्विजरल्यान्डसगँ बराबरीमा रोकिएर निकै दबाबमा रहेको ब्राजिलले कोस्टारिकासगँको खेलमा खेलको अन्तिम मिनेटमा मात्रै गोलको मज्जा लिनसक्यो । सो खेलमा ब्राजिलले धेरै प्रयास गरे पनि गोल भने गर्न सकेको थिएन । त्यसैले अब ब्राजिलका अग्रपंक्तिका खेलाडीले आफ्नो नाम अनुसारको काम गरि गोलको खडेरी तोड्नु पर्ने पर्नेछ ।
सर्विया आफ्ना अनुभवी खेलाडी ब्रानिस्लाभ इभानुभिक, एलेक्जान्डर कोलारोभ, माटिक जस्ता अनुभवी र राम्रा खेलाडीहरुको प्रयोग गर्नु पर्ने हुन्छ । दुवै टोलिमा जित्ने दबाब भएको हुदाँ समूह 'इ' को खेल दुबै टिमका लागि महत्वपुर्ण हुनेछ ।