• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
‘एनएसएलले नेपाली फुटबलमा इतिहास कोर्नेछ’
खेलपाटी संवाददाता
सोमबार, चैत २, २०७७ खेलपाटी संवाददाता
‘एनएसएलले नेपाली फुटबलमा इतिहास कोर्नेछ’
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । फोटो : खेलपाटी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले नेपालको इतिहासमा एउटा नयाँ कार्यक्रमको सुरुवात गरेको छ । जसले नेपाली फुटबलमा एउटा इतिहास कोर्ने काम भएको छ । त्यसैले म धेरै खुसी छु । साह्रै हर्षित छु र भावुक पनि ।

कोरोना भन्दा अघि हामीले स्पोर्टस इभेन्ट म्यानेजमेन्टसँग हस्ताक्षर गरि सकेका थियौ। त्यस बेलादेखि कार्यक्रम हुने-नहुने विषयमा धेरैलाई शंका थियो । तर, हामी ढुक्क थियौ ।

एन्फामा अध्यक्षको रुपमा निर्वाचित भएर आइसकेपछि फुटबललाई व्यवसायीकता तर्फ लैजानु पर्छ भन्दै हामीले कार्यक्रम बनायौं । अब व्यवसायीक फुटबलका लागि सर्वप्रथम फुटबलमा व्यापारीक घरानालाई भित्र्याउनुपर्छ भन्ने योजना र सोच राख्यौं ।

त्यसपछि मेरो निर्माण चौधरीसँग भेट भयो । त्यसभन्दा अघि हाम्रो चिनजान थिएन । हामीले एक अर्काको नाम सुनेका थियौ । तर, औपचारिक रुपमा भेट भएको थिएन । उहाँले मसँग भेट हुनु पूर्व पनि फुटबलमा लगानी गरिसक्नु भएको थियो । बिचमा उहाँ खाली बस्नुभएको थियो । उहाँलाई फुटबलमा ल्याउनु पर्छ भन्ने सोच्यौं ।

हाम्रो चिनजान नभएकाले मैले सुरुमै उहाँलाई फोन गर्ने आँट गरिन । किनभने नचिनेको नम्बर उहाँले उठाउनु हुन्न भन्ने लागेको थियो । त्यसपछि एउटा म्यासेज छोडे । म्यासेज छोडे लगत्तै उहाँले फोन गर्नुभयो । त्यसको दोस्रो दिननै उहाँकै कार्यालयमा हाम्रो भेटघाट भयो । भेटघाटमा म निकै उत्साहित भएको थिए ।

उहाँले नेपाली फुटबलको व्यवसायीकता मात्र हैन, फुटबल विकासको विषयमा समेत चर्चा गर्नुभयो । त्यसपछि हामीले फुटबल विकासका लागि युवा विकास आवश्यक भएको छलफल गयौं । त्यसलाई तुरुन्तै सहकार्य गर्ने निर्णय गर्यौ ।

सोही निर्णय अनुसार गत वर्ष हामीले अन्तर विद्यालय क्विक्स कपको आयोजना गर्यौ । त्यसमा करिब २३ वटा स्कुलको सहभागिता रहेको थियो । छोटो समयमा नै हामीले प्रतियोगिता गर्न सफल भयौ र उत्साहित भयौ । त्यसपछि हामीले धेरैभन्दा धेरै स्कुललाई सो प्रतियोगितामा सहभागिता गराउने योजना थियो । तर, कोरोना भाइरस महामारीका कारण त्यसलाई निरन्तरता दिन सकेनौ । अब आउने वर्षमा हामी त्यसलाई पनि निरन्तरता दिने छौँ ।

आईतबार फ्रेन्चाईज टिम र टिम मालिक सार्वजनिक भएको एनएसएल निकै प्रतिक्षाको खेल बनेको छ । जसको औपचारिक सुरुवात आजबाट भएको छ । एनएसएलमा सहभागी हुने क्लबका मालिकदेखि म निकै उत्साहित छु ।

अब साच्चै यसले नेपाली फुटबललाई व्यवसायीकतर्फ लैजाने मैले विश्वास लिएको छु । तर, यसमा ठुलो माछा आयो, सानो माछालाई खाईदिन्छ भनेर धेरैले शंका गरेका छन् । कोही डराउन आवश्यक छैन । हामी नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित बनाउँदै छौ । यसको पनि समय केही लम्ब्याउने छौ । यससँगै एनएसएललाई पनि व्यवस्थित गर्दै लैजाने छौँ ।

पहिलो सिजनमा हामीले एनएसएललाई दुइ महिनाको समय दिएका छौ । हामीले यस प्रतियोगितालाई पूर्व सोच अनुसार गर्न सकेको छैनौं । तर, अर्को सिजनमा हामीले यसलाई व्यापक पार्ने छौ । हामी यसलाई अर्को सिजनमा होम एण्ड अवेको आधारमा लैजाने छौँ । एन्फाको तर्फबाट आयोजक टिमलाई सदैब साथ दिन तयार छौ । यो तपाईको कार्यक्रम नभई एन्फाको कार्यक्रम जस्तै सोचेर सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । प्रतियोगिताका दौरान आउने कुनै पनि समस्या समाधानका लागि तयार छौ ।

खेलाडी रिलिज गर्न, ठाउँको व्यवस्थापन, मैदानको व्यवस्थापन, टेक्निकल सहयोगका लागि हामी सधै तयार छौं । हाल आयोजकसँग हामीले चार बर्षका लागि सम्झौता गरेका छौं । चार वटा सिरिजका लागि ढिलै भएपनि शुभ सुरुवात भएको छ । यो सुरुवातले साँच्चैनै नेपाली फुटबललाई एउटा गन्तव्यमा पुर्याउने विश्वास लिएको छु । धेरै साथीहरुले मलाई सोध्ने गरेका छन् । यो प्रतियोगिता यसपालि मात्रै हुन्छ की अन्य वर्ष पनि ?

तर, मैले प्रति प्रश्न गर्दै यसपलि सुरुवात हुन्छ, यसको अन्त्य मलाई पनि थाहा छैन ।

हाम्रो देशमा बालकदेखि बृद्धासम्म फुटबल समर्थक धेरै छन् । उनीहरु फुटबल हेर्न बसिरहेका हुन्छन् । यसको उदाहरण गाउँमा हुने साना–साना प्रतियोगिताले देखाएको छ । जहाँ हजारौ मानिस फुटबल हेर्नका लागि मैदानमा पुगेका हुन्छन् । अब एनएसएलले त्यो समर्थकको लोकप्रियतालाई झन बढवा दिनेछ ।

(नेपाल सुपर लिग फुटबलको टिम र टिम मालिक सार्वजनिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको मन्तब्यको सम्पादीत अंश )

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
एनएसएलमा झापाली फुटबलको सपना
एनएसएलमा झापाली फुटबलको सपना
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
नेपालको खेलकुदमा एआईको आवश्यकता
नेपालको खेलकुदमा एआईको आवश्यकता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP