• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
खडक र सन्तोषीलाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, मंसिर २४, २०७९ खेलपाटी संवाददाता
खडक र सन्तोषीलाई उपाधि

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले आठौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।

नेपालगन्जमा शनिबार खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गरी च्याम्पियन बनेका हुन्।

म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो । नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए ।

आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । म्याराथनमा कमलराज तिमिल्सेना २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गर्दै चौथो स्थान हासिल गरे । रेवत दाहाल, यामदेव राई, बलहादुर सुनार र विकास यादव क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहे ।

म्याराथनमा विजेता खड्काले एक लाख ५० हजार नगद सहित पदक र प्रमाणपत्र प्राप्त गरे । नरेन्द्रले ६० हजार, तेस्रो भएका मोहनदेवले ३० हजार, चौथो भएका कमलराजले १५ हजार नगद हात पारे ।

महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधि जित्न सफल भइन् ।

नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी सन्तोषीले निर्धारित दुरी १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।

सन्तोषी सातौं संस्करणकी पनि च्याम्पियन हुन् । उनले त्यतिबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।

अन्जली चौहानी एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुन सफल भइन् ।

सन्तोषीले ६० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो भएकी अन्जलीले ३० हजार नगद र तेस्रो भएकी अन्जुले १५ हजार नगद, पदक र प्रमाणपत्र हात पारे । यस विधामा चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।

१० किलोमिटर खुला पुरुषतर्फ मुकेश पाल प्रथम, भुवन राना द्धितीय र सुनिल रम्जाली तेस्रो भए । शीर्ष तीनले ३० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

५ किलोमिटर खुल्ला महिलतार्फ पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र बिमला कार्की तेस्रो भए । शीर्ष तीनले २० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरे । एम्स प्रमाणीकरण चार रुट ४२.१९५ किमी, २१.०९७ किमी, १० किमी र ५ किमी दुरीको दौडमा इलेक्ट्रोनिक टाइमिङ चिप्स लगाएर दौडिएका थिए ।

स्कुलस्तरीय ५ किलोमिटर छात्र दौडतर्फ अतुल गोडिया, सन्तोष विक दोस्रो र केशरजंग रायमाझी तेस्रो भए । स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भइन् । यी दुवै विधाका शीर्ष तीनले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

ह्वील चेयर दौडमा यज्ञबहादुर खत्री, महेश चौधरी दोस्रो र देउकुमारी थारु तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

किड्स रनमा छात्रतर्फ  एवं छात्रातर्फ जेनिशा थापा पहिलो र वैष्णभी मिश्र दोस्रो भए । उनीहरुलाई पदक, प्रमाणपत्र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै बिभिन्न पेशा एवं व्यवसाय सम्बद्ध व्यक्तित्वको सहभागिता रहेको कर्पोरेट रनमा सानिमा बैंक(दाङ)का शाखा प्रबन्धक योगेश मल्ल, डाक्टर सन्दीप गुरुङ र दुर्गा गहतराज पहिलो, दोस्रो र तेस्रो भए । विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागि हुन पाउनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । म्याराथनमा ५० बर्षमाथि भारतीय सेनाका विनोद गुरुङ च्याम्पियन बन्दै पदक र प्रमाणपत्र प्राप्त गरे । म्याराथन पुरा गर्नेलाई फिनिसर पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी खेलाडीलाई कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य, धारा तेलको उत्पादक केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, कान्तिपुर टिभीका सिइओ शिशिर पछाई, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, भायोनेटका प्रदेश प्रमुख भानु रेग्मी, सोल्टी वेष्टन्ड प्रिमियरका आवासीय महाप्रबन्धक प्रवीण सिंह, मिस सुप्रानेसनल २०२२ डा. केसु खड्का, मिस्टर सुप्रानेसनल डा. सन्तोष उपाध्याय, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्री, सुमित्रा चौधरी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल एथ्लेटिक्स संघका सचिव आरके बिष्टले विजयी खेलाडीलाई नगदसहित पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि बिहान ७.१५ बजे नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट र कोहलपुर नगरपालिका मेयर पुर्ण आचार्यले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
सन्तोषी लन्डन जाने
सन्तोषी लन्डन जाने
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP