• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने
खेलपाटी संवाददाता
मंगलबार, भदौ १४, २०७९ खेलपाटी संवाददाता
नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज । नेपालगन्ज म्याराथनको रुट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ ।

विश्व एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको रुट नापी गरेका छन् ।

kamana bank
clasic tec

नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले  रुट मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए ।

‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ,’ मेयर बिष्टले भने, ‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’

म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए ।

रुट मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु,’ मेयर बिष्टले भने, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’

नेपालगन्ज म्याराथन हरेक वर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थिए ।

आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिबार आयोजना गर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ ।

यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’

सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP