काठमाडौं ।
चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राई र रसिला तामाङले जितेका छन् ।
शनिबार भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि कुलुङ राईले जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ हात पारेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६ सय मिटरमा रहेको रैथानेपोखरीसम्म भएको प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भए ।
दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गरे ।
उनीहरुले क्रमश ३० हजार र २० हजार रुपैयाँ हात पारे।
चौथो र पाँचौ स्थान हासिल गर्ने अर्जुन कुलुङ र तीर्थ तामाङले १० हजार र ५ हजार रुपैयाँ जिते ।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/254364012_4484212775030957_3528641289110823625_n.jpg?_nc_cat=107&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=0kqNLVHjf4wAX-GCPCm&_nc_ht=scontent.fktm8-1.fna&oh=abfdb70ee42ebe6e831b2f7c788273b5&oe=61B6940D)
महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भईन् । उनले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा पुरा गरिन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
सिन्धुपाल्चोकका नितु तामाङ दोस्रो बनिन् । निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै नितु दोश्रो बनेकी हुन् । तेश्रो, चौँथो र पाँचौ स्थान क्रमश संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे ।
उनीहरुले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ हात पारे।
प्रतियोगितामा सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारे । पुरुषतर्फ उपाधि जितेका संचले १५ हजार र महिलातर्फकी नितुले १० हजार पुरस्कार जितिन्।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/255502416_1350026172084884_1570094988883635709_n.jpg?_nc_cat=102&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=xI1JKq-e5YcAX-EmXO5&_nc_ht=scontent.fktm8-1.fna&oh=e181a0a48d180a1056e474acd08173fa&oe=61B4A798)
भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । उनीहरुले समान १० हजार पुरस्कार जिते ।
प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसपटक म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि दौडमा सहभागिता जनाएका थिए ।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/254001920_357935279465152_8337276212406706127_n.jpg?_nc_cat=106&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=3beQE0S8Zx4AX9xr98o&_nc_ht=scontent.fktm8-1.fna&oh=c54cdb71ebc2ac3f31284e62fd0fb6d1&oe=61B3AD14)
पाँचपोखरी गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल एथ्लेटिक्स संघले सहयोग गरेका थिए ।