• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
एमबाप्पे कता ?
खेलपाटी संवाददाता
बुधबार, साउन १०, २०८० खेलपाटी संवाददाता
एमबाप्पे कता ?

काठमाडौं । खेलाडी सरुवा बजारको चर्चामा छन्, एमबाप्पे । उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भैरहेको छ । सोही अनुसार चर्चा जारी छ । 

जब फ्रान्सेली कप्तानले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सम्झौता नविकरण नगर्ने अड्डी लिए, त्यसपछि क्लबले समेत उनलाई बिक्रीमा राख्यो । यदी पीएसजीले यस सिजन एमबाप्पेलाई बिक्री गर्दैन भने अर्को वर्ष उसले हात रित्तो हुनेछ । अर्थात पीएसजीले सम्झौता सकिएपछि एमबाप्पेलाई निशुल्क बजारमा छोड्नुपर्नेछ । यत्तिका खेलाडीलाई कसले निशुल्क गुमाउन चाहन्छ र ।

पीएसजीले एमबाप्पेलाई बिक्रीमा सुचिमा के राख्यो, साउदी क्लबले विश्व फुटबलको सरुवा बजार हल्लाउने गरि कीर्तिमानी प्रस्ताव फ्रान्सतर्फ तेर्सायो । साउदी क्लब अल हिलाल एमबाप्पेका लागि २ सय ५९ मिलियन पाउण्ड रकम तिर्न तयार छ । 

त्यसो भए, अब के हुन्छ ? 

एमबाप्पे साउदी प्रो लिग लाग्छन् वा च्याम्पियन्स लिगतर्फ अघि बढ्छन् ? सबैको चासो यही छ ।

एमबाप्पेले सन् २०१७ मा लोनमा पीएसजी आएका थिए । सुरुवातमा फ्रान्सेली क्लब मोनाकोबाट लोनमा आएपनि उनलाई १ सय ८० मिलियन युरो तिरेर पीएसजीले स्थायी खेलाडी बनायो । एमबाप्पे समेत पीएसजीका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरे । 

समकालिन विश्व फुटबलका तीन ठुला स्टार मेस्सी, नेयमार र एमबाप्पेलाई अनुबन्धन गरेपनि कतारी लगानीको पीएसजीले च्याम्पियन्स लिग जित्न असफल रह्यो । पीएसजीलाई गाह्रो बनाउने तथ्य यही हो । 

एमबाप्पेको पीएसजीसँगको सम्झौता सन् २०२४ सम्म रहेको छ । एमबाप्पेले गत महिना क्लबलाई भनेका थिए, उनी सम्झौता अनुसार एक वर्ष पीएसजीमा बस्न चाहन्छन्, तर सम्झौता नविकरण भने गदैनन् ।

एमबाप्पेसँगको छलफल फलदायी नहुने देखेपछि पीएसजीले समेत एमबाप्पेलाई प्रि–सिजनको जापान र कोरिया भ्रमणमा राखेन । भ्रमणको पहिलो खेलमा पीएसजीले साउदीकै अल नारिरसँग जापानको ओसाकामा गोल रहित बराबरी खेल्यो ।

‘उनी एक महान खेलाडी हुन् । र उनी यहाँ हामीसँग छैनन् ।’ पीएसजीका डिफेन्डर ड्यानिलो परेराले भने, ‘यो क्लबको निर्णय हो । यसमा मेरो प्रतिकृया रहदैन ।’

पीएसजीका अध्यक्ष नासिर अल खालिफाले स्पष्ट रुपमा भनेका छन्, ‘वर्तमान गतिरोध फुकाउन एमबाप्पेले सहयोग नगरेको खण्डमा उनलाई पुरै एक वर्ष टिम बाहिर राखिनेछ ।’

फ्रेन्च क्लबले अल हिलालको प्रस्ताव स्विकार गर्दै एमबाप्पेसँग कुराकानी गर्न अनुमती दिएको छ । पीएसजीले युरोपेली क्लबाट समेत प्रस्तावहरु आउने अपेक्षा गरेको छ । 

फ्रेन्च फुटबलकी खेल पत्रकार लिसा लेरोक्सलाई लाग्छ, ‘साउदी क्लबको २ सय ५९ मिलियन पाउण्डको प्रस्तावले एमबाप्पेलाई खुसी त बनाएको छ । तर उनी त्यहाँ जाने छैनन्, पैसाले मात्र अर्थ राख्ने छैन ।’

यदी एमबाप्पे साउदी गएको खण्डमा उनी फुटबल इतिहासको सबैभन्दा बढी तलब लिने खेलाडी बन्नेछन् । गत वर्ष म्यानचेस्टर युनाईटेडबाट अल नासिर आएका रोनाल्डोले प्राप्त गर्ने वर्षको १ सय ७७ मिलियन पाउण्डको तलबलाई एमबाप्पले उछिन्ने छन् । 

रिपोर्टका अनुसार एम्बाप्पेले साउदी क्लब रोजेको खण्डमा वर्षको ७ सय मिलियन युरो अर्थता ६ सय २ मिलियन पाउण्ड कमाउनेछन् । 

‘फुटबलको इतिहासका यो तलब कुनै खेलाडीलाई अफर गरिएको छैन । एक वर्षको हिसाबले खेलकुदको इतिहासमा समेत हुन सक्छ ।’ लोरोक्स भन्छन्, ‘उनले प्राप्त गर्ने तलब इतिहास र संसारले सोचे भन्दा बाहिरको हुनेछ ।’
फ्रेन्च फुटबलको बिज्ञ जुलिन लौरेन्स पनि एमबाप्पे साउदी जादैनन् भन्ने विषयमा सहमत छन् । 

‘उनी साउदी जाने छैनन् । जब पीएसजीले एमबाप्पेसँग छलफलका लागि अनुमती दिएको थियो । उनीले बोल्न चाहेनन् । अल हिलाललाई त्यो थाहा छ ।’ लौरेन्स भन्छन्, ‘उनी सम्भव भएका सबै उपाधि जित्न चाहन्छन् । उनी अहिले २४ वर्षका भएका छन् । उनी साउदी लिगमा जाने छैनन् ।’ 

रियल मड्रिडले लामो समयदेखि फ्रान्सेली कप्तानलाई पछ्याईरहेको छ । उनले गत वर्ष पीएसजीसँग सम्झौता गर्नुअघिनै रियल अनुबन्धनको नजिक थिए । यस समरमा रियल जाने विषयलाई भने एमबाप्पेले खण्डन गरेका छन् । 

युरोपका ठुला क्लब चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटेनहम, इन्टर मिलान र बार्सिलोनाले एमबाप्पेमा चासो देखाएका छन् । सम्झौताको अन्तिम वर्षमा रहेका एमबाप्पेलाई कतै लोनमा छोड्ने विषयमा समेत पीएसजी तयार छ । एक वर्ष राखेर निशुल्क छाड्न भन्दा लोनबाट शुल्क उठाउने विषयमा समेत पीएसजीले सोचिरहेको छ ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP