मुगु ।
हिमाली जिल्ला मुगुमा फुटबलको मेला लागेको छ । स्वर्गीय हेमराज भामको सम्झनामा आयोजित फुटबल प्रतियोगिताका खेलहरु महामेला जस्तै छन् । भामवाडा फुटबल क्लबको आयोजनमा सञ्चालित फुटबल प्रतियोगितामा जिल्ला स्तर र अन्तजिल्ला स्तरका गरेर २८ टिमले सहभागीता जनाएका छन् ।
भामवाडा फुटबल क्लबका तत्कालीन कप्तान हुदै गर्दा हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको एक सफल खेलाडी गुमाउँदाको पिडा र उनको सम्झनाका साथै योगदानको कदर र खेलकुद क्षेत्रको बिकासका लागि भामवाडा फुटबल क्लबले स्वर्गीय हेमराज भामको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/341103749_781432866794569_7983955438033419931_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=0NRrcl8-7jcAX8TgnpS&_nc_oc=AQlF3tf4Z3Xd77yvUE3OqDIBSbWHK256FBymIP3DB4hveSVCI70xzs5E-KoosoSJh23c3iT-VNyOXQIlRDgIYFbl&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdT-ZB_Y3HSUuefXEneWycpcHMd7jDKEqTPgQdMSTF2KcA&oe=64636F63)
भामवडा फुटबल क्लबका अध्यक्ष गणेश सेजुवालका अनुसार मुगु जिल्लाको ईतिहासमा ठुलो राशिको फुटबल पहिलो पटक भएको हो । 'यस बर्ष एक लाख राशी सहितको स्वर्गीय हेमराज भाम प्रथम स्मृति कप गत महिना चैत २९ गते बाट सञ्चालन गरेका छौ । यस फुटबल खेलमा जिल्ला स्तर र अन्तर जिल्लाका २८ टिमहरुले सहभागीता जनाएका छन् ।’ उनले भनेका छन् ।
प्रतियोगितामा मुगु जिल्ला लगायत जुम्ला, सुर्खेत, पोखरा, चितवन, काठमाडौंका खेलाडीको पनि सहभागीता रहेको छ । १० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ट्रफी सहित १ लाख पुरस्कार पाउने छन् ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/341300906_1376167266572066_734600539492656749_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=tAFYr0dfDyQAX9Gdu2L&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdSI6PH7LOabRm6SOTy64V3IC-OApvNsZLaR4HUr9MHRXA&oe=64637F3B)
मुगु जिल्लामा खेल मैदान नहुदाँ खेलाडीहरु बिदाको समयमा बिद्यालय र अन्य समय खेतबारी खेल खेल्ने गरेका छन् ।
मुगुका जनप्रतिनिधि र नेतालाई बारम्बार खेल मैदानको बारेमा आवाज उठाँउदा कुनै सुनुवाई नभएको खेलाडी बताउँछन् । प्रतियागिता गत पुस २८ गते सञ्चालन गर्ने योजना बनाएपनि खेल मैदान अभावका कारण खेल सञ्चालन गर्न नसकेको व्यवस्थापक राज्यश्वर मल्लले बताए । मुगुमा खेल मैदान नहुदाँ महाकाली माध्यामिक बिद्यालयको प्राङ्गणमा हरेक खेलकुदका कार्यक्रम हुने गरेका छन् ।
१० दिनसम्म फुटबल प्रतियोगिता आयोजन हुने भएपछि लामो समय बिद्यालयले खेलमैदान उपलब्ध गराउन नसक्ने बताएको थियो । सोही कारण शैक्षिक सत्रको अन्त्य र एसईई परिक्षा सकिएपछि गत चैत २९ गतेबाट फुटबल खेल सञ्चालन गरेको भामवाडा फुटबल क्लबले जनाएको छ । प्रतियोतिाको फाईनल खेल बैशाख ८ हुने आयोजकको भनाई छ ।