• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वर्ष ७९ : फुटबलमा विवाद र खेलाडी पलायन
निशान राई
शुक्रबार, वैशाख १, २०८० निशान राई
वर्ष ७९ : फुटबलमा विवाद र खेलाडी पलायन

काठमाडौं । नेपालमा लोकप्रिय खेलमा फुटबल अझैपनि पहिलो नम्बरमा पर्छ । तर, वर्ष २०७९ फुटबलमा विवाद र खेलाडी पलायनको चर्चा बढी रह्यो ।

वर्ष ७९ मा नेपाली फुटबलले मैदान भित्र भन्दा मैदान बाहिर चर्चा पायो । वर्षको सुरुआतमै देखिएको मुख्य प्रशिक्षक र खेलाडी विवाद देखि खेलाडीको पलायनले वर्षको अन्त्य गर्यो ।

यद्दपी वर्ष ७९ मा फुटबलमा केहि सकारात्मक कार्य पनि भयो । त्यसबीचमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व समेत पायो ।  

खेलाडी र प्रशिक्षक विवाद -

वर्षको सुरुआतमै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र खेलाडीबीच विवाद सिर्जना भयो । मुख्य प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए । यस्तै कप्तान तथा गोलकिपर किरण चेम्जोङ पनि टोलीमा सहभागी भएनन् ।

खेलाडी र प्रशिक्षक विवाद भदौसम्म रह्यो । भदौ २६ गते अलमुताईरीले राजीनामा दिएपछि विवाद अन्त्य भयो । असोजबाट प्रशिक्षण छाडेका खेलाडीहरु टोलीमा फर्किए । 

जेठ अन्तिम र असार पहिलो साता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतमा एसिया कप छनोटको तेस्रो चरण खेल्यो । तर, समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गर्यो । छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग पराजित भयो । छनोटमा अलमुताईरीले प्रशिक्षण छाडेका खेलाडी टोलीलाई टिममा राखेका थिएनन् ।

एसियन कप छनोट अघि नेपालले कतारमा ओमान र टिमोर लिस्टेको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । ओमानसँग २-० ले पराजित नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको थियो ।

बैशाखमै अनुशासन विहीन कार्य गरेको भन्दै एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन क्लब नयाँ वस्ती युथलाई तीन लाख रुपैंया जरिवाना, क्लब पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध, क्लब व्यवस्थापकलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

यस्तै एन्फाले सहिद स्मारक लिग 'सी' डिभिजन क्लब आरसी ३२ फुटबल एकेडेमीमाथि १ लाख ५० हजार रुपैंया जरिवाना गरेको थियो ।  

एन्फामा नयाँ नेतृत्व -

असार ६ गते एन्फाको निर्वाचन भयो । जसमा अध्यक्षका अर्का प्रत्यासी तथा तत्कालिन  अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भए । एन्फाका पूर्व अध्यक्ष गणेश थापाको प्यानलले सहयोग गरेपछि नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

तर, पछिल्लो समय थापा समूह र शेर्पा समूहले नेम्वाङविरुद्ध असहयोग गर्दै आईरहेको छ ।  सन्तुष्ट पक्षले एन्फा कार्यसमिति बैठक बहिस्कार गर्दै आईरहेका छन् । चैत १८ गते डाकिएको एन्फाको आकस्मिक बैठकमा उपाध्यक्षत्रय बिराटजंग शाही, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहेका थिए । 

खेलाडी पलायन -

एन्फाले 'ए' डिभिजन लिग घोषणा गर्यो । तर, लिगको अनिश्चिततासँगै खेलाडीले विदेश पलायन जोडे । राष्ट्रिय टोलीकै खेलाडीसहित दर्जन बढी खेलाडी विदेशिए । खेलाडी पलायन रोकिएको छैन ।

राष्ट्रिय टोलीका सदस्य विशाल राई, सुनिल बल,तेज तामाङ, सुमन अर्याल, रंजित धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, आशिष लामा, दर्शन गुरुङ, अविशेक रिजाल  लगायतका खेलाडीहरु अष्ट्रेलिया पलायन भए ।

अधिकांस खेलाडी लिग सुरु अघि अष्ट्रेलिया लागेका थिए भने कतिपय खेलाडी लिग चल्दै गर्दा अष्ट्रेलिया रोजे । अझै एक दर्जन खेलाडी अष्ट्रेलिया जाने तयारीमा छन् ।

राष्ट्रिय टोलीका अनुभवी मिडफिल्डर सुजल श्रेष्ठ पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै अष्ट्रेलिया लागे ।

थ्री नेसन्स उपाधि -

वर्षको अन्तिम चैतमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको आयोजना गर्यो । प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहेको थियो ।

दशरथ रंगशालामा चैत १७ गते भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको थियो ।

थ्री नेसन्सको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो ।

थ्री नेसन्सको खेलपछि नेपालको फिफा वरीयता एक स्थान सुधार भयो । नेपाल १७४ औं स्थानमा उक्लिएको छ ।

महिला फुटबल -

महिला साफ च्याम्पियनसिप नेपालले गत असोजमा आयोजना गर्यो । तर, नेपाल उपविजेतामै सिमित रह्यो । फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले स्तब्ध भयो ।

नेपाली महिला टोलीले फागुनमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । भारतमा भएको  दुबै मैत्रीपूर्णमा नेपालले बराबरी खेलेको थियो ।  

यस्तै महिला फुटबल टोलीले चैतमा ओलम्पिक छनोटको पहिलो चरण खेल्यो । समूह 'सी' मा रहेको नेपालले भियतनामसँग दुबै खेल गुमायो ।

नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ  ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह 'बी' को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।

यसै वर्ष नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्यो ।

बंगलादेशमै भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजकसँग पराजित हुँदै उपविजेता बन्यो ।

साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भने नेपाल चौंथो स्थानमा रह्यो ।

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण यस वर्ष पूरा भएन । पहिलो चरण चितवनमा भएको थियो । पहिलो चरणको अंक तालिकाको आधारमा एपीएफलाई उपाधि दिइएको थियो ।

वनदेवी युवा क्लबको आयोजनामा पहिलो पटक धनगढीमा प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको आयोजना भयो । जसको उपाधि पुलिसले जितेको थियो ।

पुरुष फुटबल -

राष्ट्रिय पुरुष फुटबल टिमले असोजमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्यो । दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ ले हराएको थियो । प्रदिप हुमागाई नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक थिए ।

यस्तै नेपालले कात्तिकमा पाकिस्तानसँग एक खेलको मैत्रीपूर्ण खेलेको थियो । प्रवेश कटुवालको नेतृत्वमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

यू-२० पुरुष फुटबल टोलीले गत असोजमा बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोटमा सहभागिता जनाएको थियो । तर, छनोटको समूह 'बी' मा रहेको नेपाल जित विहीन बनेको थियो ।

यस्तै यू-२० पुरुष टोलीले साउनमा भारतमा भएको साफ यू-२० च्याम्पियनसिप खेलेको थियो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

यू-१७ पुरुष टोलीले असोजमा भियतनाममा आयोजना भएको एएफसी एसियन कप छनोट खेल्यो । तर, छनोटमा नेपाल जित विहीन बन्यो ।

'ए' डिभिजन लिग सुरु -

विविध विवादको बीच फागुन १९ बाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल सुरु भयो ।

यस पटकको लिग ४५ औं संस्करणको हो । लिग डबल राउण्ड रोबिनको आधारमा जारी छ । वर्ष २०७९ सम्म लिगको आठौं चरण सकिएको छ ।

चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् ।

'बी' लिग अन्योलमा -

एन्फाले चैत २९ गतेबाट 'बी' डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, एन्फाले 'बी' लिग सुरु गर्न सकेको छैन । 'बी' लिगको अन्योलता कायम रहेको छ ।

लिगको तयारी खर्च नपाएपछि बी डिभिजनका क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फाको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यद्दपी असोजमा सहिद स्मारक लिग ‘सी’ डिभिजन लिगको छनोट भयो ।  

मोफसलको गोल्डकप -

यस वर्ष राजधानी र मोफसलमा थुप्रै नकआउट गोल्डकप प्रतियोगिता आयोजना भए । काठमाडौंमा केपी ओली कप गोल्डकप आयोजना भयो ।

धनगढीमा सुदुरपश्चिम गोल्डकप आयोजना हुँदा, झापामा झापा-भद्रपुर गोल्डकप आयोजना भयो । धरानमा बुढासुब्बा गोल्डकप, इटहरीमा इटहरी गोल्डकप र विराटनगरमा विराट गोल्डकप आयोजना भए ।

यस्तै पोखरामा आहा रारा गोल्डकप, सिमरामा जीतपुरसिमरा गोल्डकप, बुटवलमा तिलोत्तमा गोल्डकप आयोजना भयो  ।

मुख्य प्रशिक्षक नियुक्त -

अलमुताईरीले भदौमा राजीनामा दिएपछि नेपाल लामो समय मुख्य प्रशिक्षक विहीन रह्यो ।

तर, एन्फाले गत फागुनमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीसलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसबीचमा प्रदिप हुमागाई र प्रवेश कटुवालले नेपाली टोली सम्हाल्ने मौका पाएका थिए ।

यस्तै एन्फाले एनीसको सहायक प्रशिक्षकम प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP