• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
सिंगल हैन, डबल लिग – अन्जन 
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २३, २०७९ खेलपाटी संवाददाता
सिंगल हैन, डबल लिग – अन्जन 

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले चाँडो भन्दा चाँडो लिग सञ्चालन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् । आसन्न ए डिभिजन लिगलाई लिएर अन्यौलता बढिरहेको समय राष्ट्रिय फुटबल टिमका प्रभावशाली फरवार्ड विष्टले आपसी सहमती कायम गरेर यथास्रिघ लिग सञ्चालन गर्न अपिल गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २६ गतेबाट यस सिजनको ए डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको छ । तर समयमै एन्फाले तयारी खर्च उपलब्ध नगराउँदा अधिकांश क्लबले लिग खेल्न नसक्ने भन्दै फुटबल संघमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एन्फा र क्लबबीच बढ्दो तनावका कारण आसन्न ए डिभिजन लिग सञ्चालनमा विभिन्न आशंका उत्पन्न भैरहेका छन् । फरवार्ड विष्टले फुटबलको मेरुदण्डको रुपमा रहेका क्लब र एन्फाले आपसी सहमती बनाएर लिग आयोजनामा जुट्न अनुरोध गरेका हुन् । 

तयारी खर्च नपाएपछि लिग खेल्न नसकिने ए डिभिजन क्लबको धारणासँगै पुसको अन्तिम साताबाट सूरु हुने घरेलु लिग अन्यौलमा छ । एन्फाले लिगको तयारी खर्च बापत क्लबलाई साढे ३२ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तयारी वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने एन्फा र क्लबको सहमती थियो । तर तोकिएको समयमा तयारी खर्च उपलब्ध गराउन एन्फाले कुनै गृहकार्य नगरेपछि क्लबहरुले बिज्ञप्ति निकालेर एन्फाको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय टिमबाट पछिल्लो समय निरन्तर गोल गरिरहेका विष्टले सिंगल नभएर डबल लिग आयोजनामा पनि जोड दिएका छन् । उनले कुनैपनि बाहानामा सिंगल नभएर डबल लिग सञ्चालन गर्न अनुरोध गरेका छन् । 

उनले भनेका छन्, ‘कुनैपनि बाहानामा डबल लिगलाई सिंगल नगर्नुहोला । जो देश फुटबलमा अघि छ, त्यसको एकमात्र कारण बलियो घरेलु संरचना हो र हामीलाई कम्तीमा वर्षमा ८–१० महिला फुटबल हुने वातावरण मिलाईदिनुहोस ।’ 

‘म ग्यारेन्टी दिन्छु, बाहिरिएका खेलाडी नेपाल आउनेछन् । नेपाली फुटबलको स्तर बढ्नेछ । राम्रो विदेशी खेलाडीलाई नेपाली लिगमा आकर्षित गर्न सकिन्छ ।’ उनले थपेका छन् । 

एन्फाले यस पटकको लिग डबल राउण्ड रोबिनमा सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सोही कारणमा क्लबको तयारी खर्च समेत बढाएर साढे ३२ लाख पुर्याईएको थियो । तर एन्फाले आफुले निर्णय गरे अनुसारको तयारी खर्च क्लबलाई उपलब्ध गराउन सकेको छैन । 

क्लबको खर्च घटाउन सिंगल राउण्ड रोबिननै भएपनि लिग गर्ने गरि एन्फाले पछिल्लो समय आन्तरिक छलफललाई अघि बढाएको छ । सिंगल राउण्ड रोबिनमा लिग गर्दा क्लबको खर्च घट्ने र क्लबलाई लिग खेल्न मनाउन सजिलो हुने रणनीतिमा एन्फा देखिन्छ । सिंगल राउण्ड रोबिन भएको खण्डमा त्यसको प्रत्यक्ष असर खेलाडीमा पर्नेछ, खेलाडीले क्लबसँग थोरै समयको सम्झौता मात्र प्राप्त गर्नेछन् ।  

क्लबलाई मनाउन सिंगल राउण्ड रोबिनमा लिग खेलाउने विकल्पमा एन्फाले छलफल अघि बढाएको सन्दर्भमा फरवार्ड अन्जनले सामाजिक सञ्जालमार्फत कुनै पनि बाहानामा डबल लिगलाई सिंगल नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

घरेलु फुटबलको देखिएको अन्यौलताका कारण अधिकांश राष्ट्रिय टिमका खेलाडी विदेश पलायन भएका छन् । देशमै रहेका फुटबल खेलाडी समेत पछिल्लो घटनाक्रमले निराश बनेका छन् । 
यसअघि फुटबल खेलाडी संघले एन्फा नेतृत्वसँग भेट गरि यथासिघ्र लिग फुटबल सुरु गर्न ध्यानाकर्षण गराएको थियो । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP