• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 
खेलपाटी संवाददाता
सोमबार, भदौ १३, २०७९ खेलपाटी संवाददाता
म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 
राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारीको पत्र लिदै अनिल श्रेष्ठ । फोटो : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आईतबार राष्ट्रिय फुटबल टिमको म्यानेजरमा अनिल श्रेष्ठलाई नियुक्त गरेको छ । एन्फामा नयाँ नेतृत्व आएपछि निकै महत्वपुर्ण मानिएको राष्ट्रिय टिमको म्यानेजरको जिम्मेवारीमा अनिललाई नियुक्त गरिएको हो । 

अनिल लिग च्याम्पियन क्लब मछिन्द्रका उपाध्यक्ष हुन् । तर उनको परिचय मछिन्द्रको म्यानेजरको रुपमा बढी चर्चामा हुने गर्छ । घरेलु फुटबलमा पछिल्ला केही वर्ष मछिन्द्र क्लबको दबदबा छ । लगातार दुई पटक लिग उपाधि जितेर मछिन्द्रले घरेलु फुटबलमा आफुलाई नयाँ शक्तिको रुपमा प्रस्तुत गरेको छ । मछिन्द्रको पछिल्लो सफलताका सुत्राधार अनिलले राष्ट्रिय टिमको व्यवस्थापनको जिम्मेवारी पाएका हुन् । 

kamana bank
clasic tec

‘एन्फाबाट पटक पटक अनुरोध आयो । अध्यक्षले पनि अनुरोध गर्नुभयो । एक्कासी यो जिम्मेवारी लिन पर्यो ।’ अनिलले खेलपाटीसँग भने । ‘धेरै विचार गरेर एन्फाले जिम्मेवारी दिएको हुनुपर्छ । यो पहिलो अनुभव पनि हो । क्लबको व्यवस्थापन गरे जस्तो राष्ट्रिय टिम हुदैन । फरक हुन्छ होला । राम्रै गर्छु भन्ने लागेको छ ।’ उनले थपे । 

घरेलु फुटबलमा मछिन्द्रको सफलताका केही सुत्र छन्, जुन अनिलले लागु गरेका हुन् । क्लबमा ठुला प्रायोजकसँग सम्झौता, खेलाडीलाई राम्रो तलब, लिग अवधिभर बस्ने, खाने र अभ्यासको राम्रो व्यवस्था अनि खेलाडीलाई लक्ष्य हासिल गर्न गरिने प्रेरणादायी गतिविधि । यही सुत्रले मछिन्द्रले घरेलु फुटबलमा एक पछि अर्को सफलता प्राप्त गरिरहेका छ । खेलाडीलाई खुसी बनाएर राख्ने अनिलको कलाले मछिन्द्रको पछिल्लो उपाधि यात्रामा सहयोग गरेको छ । 

अनिलले प्राप्त गरेको यही सफलता र नतिजामा आधारित रहेर एन्फाले अनिललाई राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी दिएको छ । अनिल पनि यसअघि राष्ट्रिय टिमको म्यानेजरका लागि इच्छुक थिए । एन्फाको पछिल्लो निर्वाचनमा अनिलले कर्माछिरिङ शेर्पा प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका थिए । तर उनी पराजित बन्न पुगे । फरक प्यानलबाट निर्वाचन लडेका अनिल नेम्वाङ नेतृत्वको राष्ट्रिय टिमको जिम्मेवारीमा किन आए त ? ‘एन्फाको निर्णयले राम्रो सन्देश दिएको छ । चुनाव भनेको अलग कुरा हो । देशका लागि जिम्मेवारी लिने फरक कुरा हो । हरेक विषयलाई राजनीतिको आँखाले हेरेर हुदैन ।’ उनी भन्छन् । 

सार्वजनीक जिवनमा आफुलाई प्रमाणित गरेका व्यक्तिले सार्वजनीक संस्था र निकायमा अवसर विरलै पाउने गर्छन् । फुटबल संघ जस्तो राजनीतिक रुपमा ग्रस्त संस्थामा अब्बल र सक्षम मान्छेले जिम्मेवारी कमै पाउँने गर्छन् । क्लब फुटबलमा आफुलाई प्रमाणित गरेका अनिललाई जिम्मेवारी दिएर एन्फाले सही मान्छेलाई सहित स्थानमा पुर्याउने सन्देश दिएको छ । अर्को कुरा ए डिभिजनका ठुला क्लब वर्तमान कार्यसमिति बाहिर रहदाँ आसन्न लिग गर्न एन्फालाई गाह्रो पर्ने ठानिएको छ । 

अनिलको आगमनले आसन्न लिग सञ्चालन गर्ने सन्दर्भमा एन्फालाई केही सजिलो हुने निश्चित छ । नत्र बी, सी डिभिजन क्लब चलाउन नसक्ने पदाधिकारीलाई राष्ट्रिय फुटबल टिमको म्यानेजरको जिम्मेवारी दिएर जग हसाँउने काम एन्फामा हुदै आएको छ । क्लब फुटबलमा आफुलाई सफल व्यवस्थापकको रुपमा प्रमाणित गरेका अनिलले राष्ट्रिय टिममा के फरक काम गर्लान् त ? ‘क्लबले सपोर्ट गरेरनै घरेलु फुटबलमा मछिन्द्रलाई सफल बनाउन सकेको हो । एन्फाले आवश्यक सहयोग गर्यो भने राष्ट्रि टिम पक्कै केही फरक देखिनेछ ।’ अनिलले भने । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP