• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
संकटमा नेम्वाङ
खेलपाटी संवाददाता
बिहीबार, साउन ५, २०७९ खेलपाटी संवाददाता
संकटमा नेम्वाङ

काठमाडौं । पूर्व अध्यक्ष गणेश थापाले छोरा गौरवलाई जसरी पनि एन्फामा व्यवस्थापन गर्न खोजेपछि फुटबल संघभित्रको राजनीति ‘पेचिलो’ बनेको छ । भ्रष्टचारको मुद्धामा प्रतिबन्धमा रहेका थापाले छोरा गौरवलाई एन्फामा जसरी पनि व्यवस्थापन गर्ने ‘अड्डी’ कसेपछि सोही समुहबाट चुनाव जितेका अध्यक्ष पंकजबिक्रम नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । उनै गौरवको बैंक खातामा एएफसीका तत्कालिन अध्यक्ष बिम हमामबाट पैसा आएको देखिएपछि फिफाले थापालाई भ्रष्टचारका मुद्धामा प्रतिबन्धको निर्णय गरेको थियो । उनै गौरवलाई एन्फामा व्यवस्थापन गर्नुपर्ने थापा र उनी पक्षिय एन्फा कार्यसमिति सदस्यको माग छ । गौरवलाई ल्याउँदा अन्तराष्ट्रिय रुपमा एन्फालाई समस्या पर्ने र फुटबल संघमा थापाको प्रभाव बढ्ने भएकाले नेम्वाङ सो निर्णय गराउन मानिरहेका छैनन् ।  

एजेण्डा र सुचना सहित बोलाएको पहिलो बैठक अध्यक्ष नेम्वाङले दुई पटक स्थगित गरेर टारेका छन् । बिना सुचना राखेको पहिलो बैठकमा महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेर अध्यक्ष नेम्वाङले दुवै पक्ष (गणेश थापा र कर्माछिरिङ शेर्पा)लाई छल्न सफल भएका थिए । तर एजेण्डा सहित दोस्रो बैठक उनले राख्न सकेका छैनन् । साउन २ गते रक्तचाप बढेको भन्दै नेम्वाङले बैठक स्थगित गराए । स्थगित बैठक बिहीबार बिहानलाई राखिएको थियो । बैठक चल्दै गर्दा विवाद बढेपछि नेम्वाङले बैठक छाडेर हिडेका छन् । बैठक स्थगित अवस्थामा छ । नयाँ सुचना जारी गरिएको छैन । 

बिहीबार बिहानै ७ बजे बैठक राखिएको थियो । केही घण्टा ढिला गरि बैठक सुरु भयो । बैठकको पहिलो एजेण्डा रहेको महिला साफको विषयमा छलफल चल्दै थियो । उपस्थितीमा हस्ताक्षर गर्ने विषयमा विवाद देखियो । कर्मा छिरिङ शेर्पा प्यानलबाट चुनाव जितेका सदस्यले माइन्युटको उपस्थितीमा हस्ताक्षर गरे । गणेश थापा निकटका सदस्यले हस्ताक्षर गर्न मानेनन् । आफ्ना एजेण्डामा छलफल नहुने अवस्था देखेपछि थापा पक्षका सदस्यले हस्ताक्षर गर्न आनाकानी गरिरहेका थिए । नविन पाँडेलाई नियुक्ति गर्ने अघिल्लो बैठकको निर्णय सच्चाउन माग गर्दै थापा पक्षका सदस्यले छलफल अघि बढाए । एन्फा बाहिर पाँडेलाई हटाउन माग गर्दै हस्ताक्षर अभियाननै सुरु भैसकेको थियो । त्यसैमा विवाद सुरु भयो । अध्यक्ष नेम्वाङ बैठक छाडेर निस्किए । 

गणेश थापाको सहयोगमा चुनाव जितेर एन्फा पुगेका अध्यक्ष नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । न उनले थापालाई साथमा लिएर अघि बढ्न सकेका छन्, न त थापाको स्वार्थ पुरा गर्न तयार छन् । यिनै अन्यौलतामा फसेका नेम्वाङले फुटबल संघलाई ‘पेन्डुलम’ अवस्थामा राखेका छन् । एन्फाको कार्यसमितिमा नेम्वाङसँग उपाध्यक्ष दावा लामा मात्र छन् । आफ्नो समुहमात्र हैन, कार्यसमितिमै बहुमत गुमाएका नेम्वाङको नेतृत्व क्षमता परिक्षण नहुँदै संकटमा परेको छ । नविन पाँडेलाई नियुक्ति गर्ने नेम्वाङको निर्णयमा उनकै समुहका अधिकांश कार्यसमिति सदस्य विपक्षमा उभिएका छन् । त्यसमा शेर्पा प्यानलबाट चुनाव जितेका भरतबुढ थापा र टीका लामाको समेत हस्ताक्षर छ । नेम्वाङ प्यानलबाट चुनाव जितेका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष दिपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, पुरुषोत्तम थापा, भोजराज शाही, रबिन्द्र चन्द, अनिल मल्ल, सरिला श्रेष्ठनै पाँडेलाई बर्खास्त गर्न र गणेश थापाका छोरा गौरवलाई प्रमुख कार्यकारी अधिकृत (सिईयो) वा सहायक महासचिवमा नियुक्त गर्न सहमत छन् ।

आफ्नै समुहबाट विश्वास गुमाएका नेम्वाङले एन्फा अब कसरी चलाउछन् चासोको विषय बनेको छ । विपक्षमा रहेका शेर्पा समुह तत्काल नेम्वाङसँग सहकार्य गर्ने ‘मुड’मा छैन । शेर्पाकै समर्थन पाएपनि तत्काल नेम्वाङको बहुमत पुग्ने अवस्था देखिदैन । एन्फाभित्रको शक्ति संघर्षले अध्यक्ष नेम्वाङको रक्तचाप मात्र बढेको छैन, फुटबलको विवादपनि उत्कर्षमा पुर्याएको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP